युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले आगामी आर्थिक वर्षमा भलिबलका लागि आवासीय कभर्ड हल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मन्त्री श्रेष्ठले नेपालमा भलिबल खेलको निकै ठुलो सम्भावना रहेको बताउँदै खेल क्षेत्रको विकासका लागि सबै मिलेर लाग्नुपर्ने धारणा राख्नुभयो ।
आज काठमाडौँमा सुरु भएको आठौँ एनभिए महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “अहिलेकै बजेटमा पनि भलिबलका लागि एउटा गन्तव्यका रूपमा विकास गर्न खोजेको तर जग्गा प्राप्तिका यावत् समस्याहरूले सकेका छैनौँ, यस पटक भलिबलका लागि एउटा आवासीय कभर्ड हल बनाउन हामी सबै मिलेर सक्छौँ कि भन्नेमा आशावादी छु ।”
आगामी आ.व.मा भलिबलका लागि आवासीय कभर्ड हल बनाउनेछु: खेलकुद मन्त्री
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
