प्रभु बैंक लिमिटेड र कफि ब्रेक प्रा.लि.का बिच आकर्षक छुट प्रदान गर्ने सम्झौता



ज्ञानमाण्डू। प्रभु बैंक लिमिटेड र पोखरा स्थित कफि ब्रेक प्रा. लि. बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट अमरसिंह शाखा कार्यलय प्रमुख सुशिल सापकोटा र कफि ब्रेक प्रा.लि. का तर्फ बाट अध्यक्ष उपेन्द्र अधिकारीद्वारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । प्रभु बैंक र उक्त रेस्टुरेन्ट बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुलाई कफि ब्रेक प्रा.लि. द्धारा सञ्चालित “फुड” र “वेभरेज” सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।


उक्त सम्झौता अन्तर्गत कफि ब्रेक प्रा. लि.मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, कफि बे्रक प्रा. लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाएको बैंकले जनाएकाे छ। यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने कुरामा बैंकले विश्वास लिएको
जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x