नबिल बैंकद्वारा क्युआर कारोबारमा आधारित क्यासब्याक योजना


ज्ञानमाण्डू। नबिल बैंकले महिला तथा युवा QR Merchant लक्षित गर्दै क्युआर कारोबारमा आधारित नयाँ क्यासब्याक योजना सार्वजनिक गरेको छ । नबिल बैंक र संयुक्त राष्ट्र पुँजी विकास कोष (UNCDF) को सहकार्यमा आधारित “क्युआर कोड: महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवर्द्धन“ परियोजना अन्तर्गत साे योजना सुरु गरेको बैंकले जनाएकाे छ। विशेष गरी कोभिड १९ पछिको अवस्थामा डिजिटल वित्तीय समाधान मार्फत महिला र युवाहरूको प्रवर्द्धन गर्ने उद्देश्यको साथ साे योजना सुरु गरेको बैंकले बताएकाे छ । युवा भन्नाले यस परियोजनामा संयुक्त राष्ट्र सङ्घको परिभाषा अनुसार १८ देखि २४ वर्षको उमेर भएको उद्यमी जसको आफ्नाे स्वामित्वमा व्यवसाय छ वा जसले प्रत्यक्ष रूपमा व्यवसाय सञ्चालन गरिरहेका छन्, उनीहरूलाई बुझ्नुपर्दछ । यसअघि नयाँ वर्षको अवसरमा पनि नबिल बैंकले यस्तै क्यासब्याक योजना सार्वजनिक गरेको थियो ।

एक महिनाको लागि सञ्चालन हुने साे योजनामा महिला तथा युवा क्युआर मर्चेन्टले गर्ने पहिलो क्युआर कारोबारमा १०% वा अधिकतम प्रति कारोबार रु. २०० नगद फिर्ता दिइने बैंकले जनाएकाे । यो योजना आषाढ महिनाभरि लागु हुनेछ ।

वित्तीय पहुँच नपुगेका महिला र युवा उद्यमीमा लक्षित यस योजना मार्फत नबिल बैंकले त्यस्ता उद्यमीहरूलाई बैकिङ च्यानलमा भित्राउने, पुराना निष्क्रिय मर्चेन्टलाई सक्रिय बनाउने र उनीहरूलाई डिजिटल वित्तीय समाधानहरू प्रदान गरी दिगो वित्तीय रूपान्तरणलाई बढवा दिने लक्ष्य लिएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x