शैक्षिक गुणस्तर अभिबृद्धिको लागि जनता बैंक र टिच फर नेपाल बिच संझौता

ज्ञानमाण्डू। जनता बैंक नेपाल लिमिटेड र टिच फर नेपाल बिच शैक्षिक गुणस्तर अभिबृद्धि कार्यक्रममा सहकार्य सम्बन्धी आज एक संझौता सम्पन्न भएको छ । संझौता पत्रमा जनता बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री अजयकुमार मिश्र र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत श्री शिशिर खनालले हस्ताक्षर गरेकाछन् । 

टिच फर नेपालले ग्रामिण क्षेत्रमा रहेका सरकारी विद्यालयमा फेलो शिक्षकहरु खटाई शैक्षिक असमानता घटाउने कार्यमा सहयोग गर्दै आएको छ । हाल टिच फर नेपालले सिन्धुपाल्चोक, ललितपुर, धनुषा, लमजुङ, दाङ र पर्साको ग्रामिण क्षेत्रका ५१ विद्यालयमा ११० जना फेलो (प्रद्यार्थी) शिक्षकहरु मार्फत करिव १० हजार विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिबृद्धिमा कार्य गरिरहेको छ ।

संझौता अनुसार बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट टिच फर नेपाललाई बार्षिक रु. ५ लाख प्रदान गर्नेछ । उक्त कोषबाट टिच फर नेपालले विद्यालयहरुमा महत्वपूर्ण विषयका दक्ष जनशक्तीलाई फेला शिक्षकको रुपमा खटाउने छ, यसरी खटाइएका फेलो शिक्षकहरु शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने कार्यमा सरिक हुनेछन् । बैंकले यस सहयोगबाट ग्रामिण क्षेत्रका विद्यालय र सहरी क्षेत्रका विद्यालयको बिचमा हुने शैक्षिक असमानता कम गर्न महत्वपूर्ण सहयोग पुग्नेछ भन्ने विश्वास लिएको कुरा जनाएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x