दुई वटा जीवन बीमा कम्पनीहरुले मात्र पूँजी कायम गरे

ज्ञानमाण्डू। हालसम्म ९ वटा पुराना जीवन बीमा कम्पनीहरुमध्ये दुई वटा जीवन बीमा कम्पनीहरुले मात्र पूँजी कायम गरेका छन् । चालु आर्थिक बर्ष २०७५/७६ को दोस्रो त्रैमासिकको वित्तिय विवरण अनुसार नेपाल लाईफ इन्स्योरेन्स र नेशनल लाईफ इन्स्योरेन्सले पूँजी कायम गर्न सफल भएका छन् ।

नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी ४ अर्ब ३९ करोड ६९ लाख रुपैयाँ चुत्ता पूँजी कायम गरेको छ भने नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले २ अर्ब ६४ करोड ४९ लाख रुपैयाँ पूँजी पुर्याउन सफल भएकाे छ । नयाँ कम्पनीको हकमा लागू नहुने गरी बीमा समितिको अनुसार पुराना कम्पनीहरुले पुस मसान्तसम्ममा २ अर्ब पूँजी पुराउँनुपर्ने निर्देशन थियो ।

प्राईम लाईफ इन्स्योरेन्स, लाईफ इन्स्योरेनस कर्पोशन नेपाल, सूर्या लाईफ इन्स्योरेन्स, एशीयन लाईफ इन्स्योरेन्स, प्रभु लाईफ इन्स्योरेन्स, सानिमा लाईफ इन्स्योरेन्स, सन नेपाल लाईफ इन्सयोरेन्स, आईएमई लाईफ इन्स्योरेन्स, रिलायबल लाईफ इन्स्योरेन्स, सिटिजन लाईफ इन्स्योरेन्स, मेट लाईफ इन्स्योरेन्स, राष्ट्रिय बीमा संस्था र गुँरास लाईफ इन्स्योरेन्स कम्पनीहरु, पुँजी पुराउन बाकी रहेका जीवन बीमा कम्पनीहरुमा पर्द छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x