जनता बैंक नेपाल लिमिटेडको कैलालीकाे बलियामा नयाँ शाखा

ज्ञानमाण्डू। जनता बैंक नेपाल लिमिटेडको लम्कीचुहा नगरपालिका वडा नं. ४, बलियामा नयाँ शाखाबाट कारोवार शुभारम्भ भएको छ । आज एक समारोहका बिच सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री श्री झपटबहादुर बोहोराले बलिया शाखाको समुद्घाटन गरेका छन् । उक्त समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्री बोहोराले जनता बैंकको स्थापनाले यस क्षेत्रका जनताको जिबनस्तर उठाउन महत्वपूर्ण भुमिका रहने चर्चा गरे । बैंकका संचालक श्री रामबहादुर भण्डारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमलाई बैंकका प्रमुख कार्यकारी अधिकृत श्री परशुराम कुंवर क्षेत्री, लम्कीचुहा नगरपालिकाकी उपप्रमुख श्रीमती टिका थापा, लम्कीचुहा उद्योग बाणिज्य संघका अध्यक्ष श्री पदम चौलागाईंले सम्बोधन गरेका थिए । कार्यक्रममा लम्कीचुहा न.पा. वडा नं. ४ का वडा अध्यक्ष, वडा नं. ८ का अध्यक्ष, लम्की बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख, बैंकका नेपालगञ्ज क्षेत्रीय प्रमुख, उपप्रमुख र बलिया शाखाका प्रबन्धकको पनि उपस्थिति रहेको थियो । यस बलिया स्थित शाखा र एटिएम एकै साथ संचालनमा आएको छ ।

यस शाखा उद्घाटनको अबसरमा सोही स्थानमा यस बैंकको आयोजना र धनगढी नेत्रालय आँखाँ अस्पतालको प्राविधिक सहकार्यमा निःशुल्क आखा शिविर पनि आयोजना गरिएको थियो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत आयोजना गरिएको उक्त बृहत आखा शिविरमा निःशुल्क औषधी र चस्मा वितरण गरिएको थियो । १ हजार जना भन्दा बढीका आँखाँ परिक्षण गरिएको उक्त आँखाँ शिविरमा छानिएका मोतिबिन्दु सम्बन्धि बिरामीको धनगढी नेत्रालयमा मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने छ ।

जनता बैंकको यस बलिया शाखा सँगै मुलुकको सबै प्रदेशमा गरी शाखा संख्या १२९ पुगेको छ भने सुदुरपश्चिम प्रदेशमा शाखा संख्या ९ पुगेको छ । साथै यसै प्रदेशको धनगढी उपमहानगरपालिका वडा नं. १ सेतोपुलमा नयाँ शाखा खुल्ने क्रममा रहेको छ । बैंकले यि शाखाहरु सहित ९६ एटिएम, ५० शाखा रहित बैंकिङ्क, ३ एक्स्टेनसन काउन्टर र १ सिमित्त बैंकिङ्कबाट करिव ६ लाख ग्राहकहरुलाई सहज र सरल बैंकिङ्क सेवा पु¥याइरहेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x