ज्ञानमाण्डू।धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक पाँच अङ्कले ओरालो लागेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५ दशमलव ५७ अंकले घटेर २३२६ दशमलव ९० को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक २ दशमलव ८५ अंकले घटेर ४४२ दशमलव ८२ मा पुगेको छ ।
आज कूल २०६ कम्पनीका १ करोड ६३ लाख ५ हजार १४१ कित्ता शेयर रु ७ अर्ब ४६ करोड ७४ लाख ३९ हजार ८४८ मा खरिद बिक्री भए ।

कारोवार भएका कूल १२ मध्ये मात्र तीन उपसमूहको शेयर वृद्धि भएको छ । बैंकिङ ८.०६ अङ्कले घट्दा होटल २६.३८, विकास बैंक २४.९४, जलविद्युत् ८.१४, निर्जीवन बीमा १२४.८९, उत्पादन ३९.१४, अन्य २८.१३, लघुवित्त ११.३ र सामूहिक लगानी कोष ०.०३ अङ्कले गिरावट आएको छ । त्यस्तै, ट्रेडिङ ३९.६२, वित्त ६.५४ र जीवन बीमा ५३५.६७ अङ्कले बढेको छ ।

कारोवार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु ९१ करोड ९७ लाख ६ हजार ८०१ मा खरिद बिक्री भयो । त्यस्तै, प्रभु बैंक रु ३५ करोड ६१ लाख ९२ हजार ६२८, नेपाल पुनःबीमा कम्पनी रु ३० करोड ६२ लाख १ हजार ९३४ र नेपाल टेलिकम रु २९ करोड ९ लाख १४ हजार ९८९ मा कारोवार भयो ।
परिसूचक ओरालो लागे पनि प्रगोसिभ फाइनान्स, नेपाल फाइनान्स, गुर्खाज फाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने कर्पोरेर्ट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९५ का दरले कमाएका छन् ।
यता सपोर्ट माईक्रोफाइनान्सका लगानीकर्ताले ७ दशमलव ७४ प्रतिशतका दरले गुमाएका छन् , छ्याङ्दी हाइड्रोपावर का लगानीकर्ताले ५ प्रतिशतका दरले र हिमाल दोलखा हाइड्रोपावर तथा गुँरास लघुवित्तका लगानीकर्ताले ३ दशमलव ८२ प्रतिशतका दरले गुमाएका छन् ।