स्पीनर सन्दीप लामिछानेमाथि सीपीएलमा ७० हजार डलर अर्थात् ७८ लाख रुपैयाँको बोली

ज्ञानमाण्डू।नेपाली युवा स्पिनर सन्दीप लामिछाने पछिल्लो समय विदेशी लिगमा अति व्यस्त देखिएका छन् । आइपिएल सकेर फर्किए लगतै लामिछाने क्यारेबियन प्रिमियर लिग सीपीएलको ड्राफ्टमा समावेश भएका थिए । दोस्रो पटक ड्राफ्टमा परेका विश्व चर्चित नेपालका युवा खेलाडी सन्दीप ड्राफ्टबाट क्लबमा अनुबन्धित हुने निश्चित नै थियो ।

उनले गत सिजनको सीपीएल सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्सबाट खेलेका थिए ।सन्दीपले गत सिजन सीपीएलमा ५ खेल खेल्दै १०६ रन खर्चेर ७ विकेट लिएका थिए । सन्दीपमाथि बुधवार भएको ड्राफ्टमा सबै टिमको नजर रह्यो । गत सिजन सीपीएलमा उनको मूल्य मात्र ५ हजार डलर थियो । गत सिजन सन्दीपलाई सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले १३ औँ चरणमा लिएको थियो।

पाँचौ चरणमा आफ्नो बनाएको बार्बाडोस ट्राईडेन्ट्सले सन्दीपमाथि ७० हजार डलर अर्थात् ७८ लाख रुपैयाँको बोली लगाउँदै टोलीमा अनुबन्धन गरेको छ। बार्बाडोसले पहिलो चरणमा इंग्ल्याण्डका एलेक्स हल्स, दोस्रो चरणमा वेस्ट इन्डिजका ज्यासन होल्डर, तेस्रो चरणमा पाकिस्तानका आसिफ अलि र चौथो चरणमा पाकिस्तानकै वाहव रियाजलाई टोलीमा समावेश गर्दै पाँचौ चरणमा स्पिनर सन्दीप लामिछानेको बोली लगाएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x