माथेमाको पूर्ण कदको सालिक प्रतिस्थापन


ज्ञानमाण्डू।काठमाडौँ महानगरपालिकाले शहीद धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको स्थान सिफल उकालोमा उहाँको पूर्ण कदको सालिक प्रतिस्थापन गरेको छ । शहीद सप्ताहअन्तर्गत आज माथेमाले अमरत्व प्राप्त गर्नुभएको स्थानमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा महानगरका प्रमुख एवं शहीद सप्ताह मूल समारोह समितिका संयोजक विद्यासुन्दर शाक्यले सालिक अनावरण गरे । सालिक रु १० लाखमा कलाकार महेश तुलाधरले तयार पारेका हुन् । 

कार्यक्रममा कामपाका प्रमुख शाक्यले समृद्धि र विकासले मात्र शहीदको सपना पूरा हुने बताउँदै हालसम्म प्राप्त गरिएको राजनीतिक उपलब्धि शहीदकै कारणले भएको बताए । कामपाका उपप्रमुख हरिप्रभा खड्गीले आफ्नो सम्पन्नता भन्दा नागरिकको स्वतन्त्रता र सम्पन्नतालाई महत्त्व दिने काजी परिवारको माथेमाले देखाएको बाटोमा सदैव लम्किरहनुपर्ने धारणा राखे  । 

सभामा शिक्षाविद् एवं त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले कामपाले पूर्ण कदको सालिक निर्माण गर्न लगाएपछि शहीदको बलिदानीका बारेमा नयाँ पुस्तालाई स्मरण गराउन मिल्ने बताए । 

विसं १९६६ आश्विन १ गते काठमाडौँको ओमबहालमा जन्मनुभएका माथेमालाई तत्कालीन राणा शासकका विरुद्धमा गतिविधि सञ्चालन गरेको भन्दै विसं १९९७ माघ १३ गते काठमाडौँको सिफलमा रहेको बकाइनोको रूखमा झुन्ड्याएर प्राण दण्ड दिइएको थियो । 

तत्कालीन राणा प्रधानमन्त्री जुद्धशम्शेरले १९९७ साल माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई ज्यान दण्ड दिने निर्णय गरेका थिए । निर्णय भएको चार दिनपछि शुक्रराज शास्त्रीलाई टेकु मचलीमा झुन्ड्याएर, सात दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुन्ड्याएर र नौ दिनपछि दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा गोली हानी ज्यान दण्ड दिइएको थियो । 

शहीद सप्ताहका बाँकी कार्यक्रममा माघ १५ गते शोभा भगवतीमा शहीद गङ्गालाल श्रेष्ठ र दशरथचन्दले अमरत्व प्राप्त गरेको स्थानमा श्रद्धाञ्जलीसभा गरिनेछ । 

त्यस्तै माघ १६ गते शहीद स्मारक लैनचौरमा ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जलीसभा  गरिनेछ । कामपाले विसं २०१२ देखि शहीद सप्ताह मूल समारोह समिति गठन गरी मनाउन थालेको हो । कामपाले शुक्रराज शास्त्रीलाई प्राण दण्ड दिइएको स्थान टेकु पचलीमा गत वर्ष नै पूर्ण कदको सालिक निर्माण गरिसकेको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x