मिथिला लघुवित्तको लाभांश प्रस्ताव, हेर्नुहोस् बोनस र नगद कति ?



ज्ञानमाण्डू।मिथिला लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७८ साल मङ्सिर २४ गते, शुक्रबारका दिन बसेको सञ्चालक समितिको २१६ औँ बैठकले गरेको निर्णय अनुसार आ. व.२०७७/०७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको कुल २६.३१५७८९५ प्रतिशतले हुन आउने लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

लघुवित्तको सञ्चालक समितिको बैठकले आ. व. २०७७/०७८ खुद मुनाफाबाट हाल कायम चुक्ता पूँजी १३ करोड ६३ लाख ४९ हजार ७४३ रुपैंयाको २५ प्रतिशतले हुन आउने ३ करोड ४० लाख ८७ हजार ४३५ रुपैँया ७५ पैसा बराबरको बोनस शेयर र सोहि पूँजीको १.३१५७८९५ प्रतिशतले हुन आउने १७ लाख ९४ हजार ७५ रुपैंया ५७ पैसा बराबरको नगद लाभांश(कर प्रयोजनार्थ) आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्ने मिथिला लघुवित्त वित्तिय संस्था लिमिटेडले जानकारी दिएको छ ।

प्रस्तावित लाभांश गत वर्षको तुलनामा बढेको छ । आर्थिक वर्ष २०७६/७७ मा मिथिला लघुवित्त वित्तिय संस्था लिमिटेडले कायम चुक्ता पूँजीको १२ प्रतिशतले हुन आउने बोनस शेयर र ०.६३१५ प्रतिशतले हुन आउने नगद गरि जम्मा १२.६३१५ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x