बंगलादेशको सानदार विजयी सुरुवात

ज्ञानमाण्डू। लण्डनमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले सानदार विजयी सुरुवात गरेको छ । बंगलादेशले आईतबार राती सम्पन्न खेलमा दक्षिण अफ्रिकालाई २१ रनले पराजित गरेको हो ।टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले दिएको ३३१ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ५० ओभरमा ८ विकेट गुमाएर ३०९ रन मात्र बनाउन सक्यो ।
दक्षिण अफ्रिकाका लागि कप्तान फाफ डु प्लेसिसले ६२ रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै, ऐडन मारक्रम र जेपी डुमेनीले समान ४५-४५ रन बनाए । रसिइ भान डेर डुसेनले ४१ रन बनाउँदा डेभिड मिलर ३८ रनमा आउट भए भने क्विनटन डी ककले २३ रन जोड्न सफल रहे पनि टोलीलाइ जीतको मुहान तर्फ मोड्न भने सकेनन । बलिङतर्फ बंगलादेशका मुस्ताफिजुर रहमानले तीन विकेट लिए । त्यस्तै मोहम्मद सइफुदिनले दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको लागि चयन भएको बंगलादेशले ५० ओभर खेल्दै ६ विकेट गुमाएर ३३० रन बनाएको थियो । बंगलादेशका लागि मुस्फिकर रहमान र शाकिब अल हसनले क्रमश: ७८ र ७५को अर्धशतकीय इनिङ्स खेले ।ओपनर सौम्या सरकारले ४२ रन बनाउँदा मोसादक हुसेनले २६ र मोहम्मद मिथुनले २१ रन बनाए भने महमदउल्लाहले अविजित ४६ रन बनाए । बलिङतर्फ इमरान ताहिर, क्रिस मोरिस र एन्डिल फेहलुकवायोले समान २-२ विकेट लिए ।
जितसंगै बंगलादेशले पहिलो खेलमै २ अंक जोडेर शानदार सुरुवात गरेको छ । दक्षिण अफ्रीकाले भने हारबाट विश्वकपको थालनी गरेको छ ।विश्वकपमा यसअघि आयोजक इंग्ल्याण्ड, अष्ट्रेलिया, न्युजिल्याण्ड र वेष्ट इण्डिजले विजयी सुरुवात गरिसकेका छन् ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x