विश्वकप क्रिकेटमा आज भारत र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदै

ज्ञानमाण्डू ।इंग्ल्यान्डमा जारी १२ औँ संस्करणको आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा आज (बिहीबार) भारत र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखि सुरु हुनेछ ।विश्वकपको जारी प्रतियोगितामा दुवै टिम अपराजित छन् ।प्रतिस्पर्धामा दुवै टोली चौथो जितको खोजीमा हुनेछन् । ट्रेन्ट ब्रिज मैदानमा उत्रँदा दुवै टोली जितको लक्ष्यसहित मैदानमा उत्रने भनेपनी अपराजित दुवै टिम मध्य एक टिमको विजयी यात्रामा ब्रेक लाग्नेछ ।

अङ्क तालिकाको शीर्ष स्थानमा रहेको न्युजिल्यान्ड लगातार चौथो खेलमा जित हात पार्ने लक्ष्यसहित भारतको सामना गर्नेछ। यसअघि भएको तीनै खेलमा न्युजिल्यान्डले जित हात पारेको छ । आफ्नो पहिलो खेलमा श्रीलङ्कालाई १० विकेटले पराजित गरेको थियो ।त्यस्तै, आफ्नो दोस्रो खेलमा बङ्गलादेशलाई दुई विकेटले पराजित गरेको न्युजिल्यान्डले तेस्रो खेलमा अफगानिस्तानलाई सात विकेटले पराजित गरेको थियो ।

यता भारत भने तेस्रो जितको खोजीमा हुनेछ । यसअघि आफ्नो पहिलो खेलमा भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो । आफ्नो दोस्रो खेलमा भारतले बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियालाई ३६ रनले पराजित गर्न सफल रह्यो।

निकै बलिया देखिएका दुई प्रतिद्वन्द्वी टोली आज जीतलक्ष्यसहित मैदानमा उत्रनेछन्। तर आज न्युजिल्यान्डविरुद्व उत्रँदै गर्दा भारतीय टिम बढी सतर्क रहन आवश्यक छ। यसअघि विश्वकपको अभ्यास खेलमा भारत र न्युजिल्यान्डको भेटमा न्युजिल्यान्डले भारतको ब्याटिङ लाइन ध्वस्त नै परेको थियो ।३९.२ ओभरमा भारतले सबै विकेटको क्षतिमा १७९ रन मात्रै बनाउन सकेको थियो ।

त्यस्तै, भारतीय टिममा मुख्य ब्याट्सम्यान शिखर धवन आज खेल म रहने छैनन् । चोटका कारण उनी केही हप्ता मैदान बाहिर छन् । तर धवनको स्थानमा न्युजिल्यान्डविरुद्व लोकेश राहुल र रोहित शर्माले ओपनिङ जोडीको रूपमा सुरुवात गर्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x