धितोपत्र बजारमा ५३.४४ अंकको वृद्धि, नेप्से परिसूचक २९६०.१४ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५३ दशमलव ४४ अंकले बढेर २९६० दशमलव १४ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ७ दशमलव ४७ अंकले बढेर ५२८ दशमलव १० को विन्दुमा पुगेको छ ।


आज कूल २१८ कम्पनीका ३ करोड ५७ लाख ०० हजार ३७४ कित्ता शेयर रु १६ अर्ब ९५ करोड १२ लाख ९९ हजार ०४० मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये तीन उपसमूहको शेयर ऒरालो लागेको छ । बैंकिङ उपसमूह २० दशमलव १ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह १९.२७ अङ्कले, विकास बैंक उपसमूह ३९८.२९ अङ्कले, जलविद्युत ५८.३६ अङ्कले, वित्त उपसमूह १८५.९३ अङ्कले, निर्जीवन बीमा ५५४.१५ अङ्कले, उत्पादन उपसमूह १२९.३ अङ्कले, अन्य उपसमूह ४५.६३ अङ्कले, जीवन बीमा ६६८.५७ अङ्कले र सामूहिक लागनी कोष शुन्य दशमलव ३४ अङ्कले बढेको छ । यता, होटल तथा पर्यटन उपसमूह १६.४५ अङ्कले घट्दा लघुवित्त उपसमूह २४.२१ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ९३ अङ्कले घटेको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x