
ज्ञानमाण्डू।धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ८८ अंकले बढेर २६३१ दशमलव ८९ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक २ दशमलव ८३ अंकले बढेर ४६६ दशमलव ४२ को विन्दुमा पुगेको छ ।

आज कूल २१८ कम्पनीका १ करोड ४३ लाख ९० हजार ४४७ कित्ता शेयर रु ७ अर्ब २५ करोड ९ लाख २४ हजार १२४ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये चार उपसमूहको शेयर ऒरालो लागेको छ । बैंकिङ उपसमूह ५ दशमलव ४३ अङ्कले बड्दा ट्रेडिङ उपसमूह ३६८.५७ अङ्कले, विकास बैंक ५२.८८ अङ्कले, जलविद्धुत २४.०९ अङ्कले, वित्त २३.०६ अङ्कले, निर्जीवन बीमा २५.०१ अङ्कले, उत्पादन १२.७४ अङ्कले, अन्य उपसमूह ६३.९४ अङ्कले र लघुवित्त उपसमूह २.६९ अङ्कले बढेको छ। यता, होटल तथा पर्यटन उपसमूह ३६८ दशमलव ५७ अङ्कले घट्दा जीवन बीमा ५६.६६ अङ्कले र सामूहिक लागनी कोष शुन्य दशमलव ०३ अङ्कले र लगानी उपसमूह १ दशमलव ०९ अङ्कले घटेको छ।

आज सबैभन्दा धेरै अपर तामाकोशीको शेयर कारोबार भएको छ। आज अपर तामाकोशीको २९ करोड ५६ हजार रुपैयाँको शेयर करोबार भएको छ । यता, एचआईडीसिएलको २४ करोड २ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, साञ्जेल जलविधु्त्का लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने युनाईटेड फाइनान्स र लगाीकर्ताले ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् ।

आज सर्वाधिक कारोबार भएको एचआईडिसिएलका लगानीकर्ताले ५ दशमलव ५३ प्रतिशतका दरले गुमाएक छन् भने सानिमा जनरल इन्स्योरेन्सका लगानीकर्ताले ३ दशमलव ९९ प्रतिशतका दरले गुमाएका छन् ।