आईसीसी टी-ट्वान्टी विश्वकप एसिया फाइनलका लागि नेपालको प्राम्भिक टोली घोषणा

ज्ञानमाण्डू।सिंगापुरमा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप एसिया फाइनलका लागि नेपालले प्रारम्भिक चरणमा २५ खेलाडीको सदस्यता संगै टोली घोषणा गरेको छ । आईसीसीका प्रतिनिधि इमिनुल इस्लाम, मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का सम्मलित छनोट समितिले मंगलबार प्रारम्भिक नेपाली टोलीको घोषणा गरेको हो ।

छनोट आगामी जुलाई २२ देखि २८ सम्म आयोजना हुनेछ । एसिया छनोटमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् ।नेपाल पहिलो खेल कतारसंग खेल्नेछ । नेपाल र कतारबीचको खेल २३ जुलाईमा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा मलेसियासंग २४ जुलाई, २७ जुलाईमा कुवेत र २८ जुलाईमा सिंगापुरसंग खेल्नेछन् ।छनोट शीर्ष टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।

२५ सदस्य नेपाली टोली :
पारस खड्का(कप्तान),अभिनास बोहोरा, अमित श्रेष्ठ, बसन्त रेग्मि, भिम सार्की, विनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, जितेन्द्र मुखिया, करण केसी, कुशल भुर्तेल, ललित भण्डारी, ललित नारायाण राजवंशी, आरिफ शेख, नन्दन यादव, पवन सरार्फ, प्रदीप ऐरी, राजु रिजाल, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, साहव आलम, शरद भेषावकर, सोमपाल कामी, सन्दीप जोरा र सुुशन भारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x