धितोपत्र बजारमा दोहोरो अंकको गिरावट, नेप्से ४४.१८ अंकले घट्दा कारोबार रकम साढे ७ अर्बमा सीमित


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ऒरलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४४ दशमलव १८ अंकले घटेर २९३६ दशमलव ६१ को विन्दुमा कायम भएको छ । नेप्से परिसूचक ४४ दशमलव १८ अंकले घट्दा धितोपत्र बजारमा १ दशमलव ४८ प्रतिशतको गिरावट आएको छ। यस्तै सेन्सेटिभ परिसूचक ५ दशमलव ०५ अंकले घटेर ५४८ दशमलव ३६ को विन्दुमा पुगेको छ ।


आज कूल २२२ कम्पनीका १ करोड ५० लाख ८२ हजार ०८१ कित्ता शेयर रु ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार १६१ मा खरिद बिक्री भए ।


कारोबार भएका कूल १३ उपसमूह मध्ये दुइँ उपसमूह बढेका छन् । अन्य उपसमूह १९.६६ अङ्कले र सामूहिक लागनी कोष शुन्य दशमलव ०९ अङ्कले बढेको छ । यता, बैंकिङ उपसमूह ३३ दशमलव ४९ अङ्कले घट्दा ट्रेडिङ उपसमूह ५४ दशमलव ३७ अङ्कले, होटल तथा पर्यटन उपसमूह १०९.१४ अङ्कले, विकास बैंक उपसमूह ७१.८१ अङ्कले, जलविद्युत ५१.५ अङ्कले, वित्त उपसमूह ४९.२१ अङ्कले, निर्जीवन बीमा २९०.२३ अङ्कले, उत्पादन उपसमूह १३३.८८ अङ्कले, लघुवित्त उपसमूह १४६.७७ अङ्कले, जीवन बीमा ३०२.८ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ४४ अङ्कले घटेको छ।


यस दिन अन्य र सामूहिक लागनी कोष उपसमूहको परिसूचक क्रमशः १.०१ प्रतिशत र ०.५६ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन, निर्जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचक यस दिन २ प्रतिशतभन्दा बढी घटेको छ।


कारोबार रकमका आधारमा आज युनाइटेड मोदी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। यस दिन युनाइटेड मोदीको ६१ करोड ९२ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ। उक्त कम्पनीको शेयरमूल्य आज ७ दशमलव ७८ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, आज अरुण भ्यालीको ३८ करोड ४२ लाखको शेयर कारोबार भएको छ। उक्त कम्पनीको शेयरमूल्यमा आज ३ दशमलव ६१ प्रतिशतको गिरावट आएको छ।



बजार ओरालो लागेपनि यस दिन सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशत बढेको छ। त्यसैगरी, सर्वाधिक कारोबार भएको युनाइटेड मोदीको शेयरमूल्य ७.७८ प्रतिशत बढेको छ भने हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलप्मेन्ट कम्पनी लिमिटेडको शेयरमूल्य ५.१६ प्रतिशत बढेको छ।



यता आरएमडिसी लघुवित्त र रु रु जलविद्युतको शेयरमूल्य यस दिन ७ प्रतिशतभन्दा बढी घटेको छ। त्यसैगरी, प्रोग्रेसिभ फाइनान्स, फर्स्ट माइक्रोफाइनान्स, माउन्टेन इनर्जी, आरएसडिसी लघुवित्त र नयाँ सारथी लघुवित्त ५ प्रतिशत अधिक घटेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x