अस्ट्रेलिया विरुद्धको खेलमा न्यूजिल्यान्ड पराजित

ज्ञानमाण्डू।जारी आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाले न्यूजिल्यान्डलाई पराजित गरेको छ। शनिवार राति भएको खेलमा अस्ट्रेलियाले न्यूजिल्यान्डलाई ८६ रनले पराजित गरेको हो । इंग्ल्यान्डको लर्ड्स क्रिकेट मैदानमा २४४ रनको विजय लक्ष्य पछ्याएको न्यूजिल्यान्डलाई ४३ ओभर ४ बलमा अलआउट गरी १५७ रनमा समेट्दै अस्ट्रेलियाले प्रतियोगितामा अफुलाई अझै बलियो साबित गरेको  छ।

न्यूजिल्यान्डका लागि कप्तान केन विलियम्सनको सर्वाधिक ४० रनको योगदान रहेतापनी टोलीलाई हारबाट भने जोगाउन सकेनन् । ५१ बल खलेका उनले २ चौका र १ छक्काको सहयोगमा ४० रन बनाएका हुन् । त्यस्तै रोष टेलरले ३० रन जोड्दा मार्टिन गप्तिल २०, टम लाथम १४ र मिचेल स्यान्टनर १२ रनको योगदान गरे । न्यूजिल्यान्डका लागि अन्य ब्याट्सम्यानहरूले दोहोरो रन जोड्न नसक्दा हार बेहोर्नु परेको हो ।

बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्कले ५ विकेट लिए । उनले ९ ओभर ४ बलमा २६ रन खर्चेर ५ विकेट लिएका हुन् । यस्तै जासन पाउलले २ विकेट लिन सफल रहे । त्यस्तै, प्याट्ट कमिन्स, स्टिभ स्मिथ र नथान लायोनले समान १–१ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर २४३ रन बनाएको थियो ।अस्ट्रेलियाका लागि उश्मान ख्वाजा र आलेक्स केर्येले क्रमशः८८ रन र ७१ रनको अर्धशतकीय इनिङ्स खेले ।त्यस्तै प्याट्ट कमिन्सले नट आउट २३ रन जोड्दा मार्कस स्टोइनिस २१ र डेभिड वार्नर १६ रन जोडे ।

बलिङतर्फ न्यूजिल्यान्डका लागि ट्रेन्ट बोल्टले सर्वाधिक चार विकेट लिए । त्यस्तै ल्युक फर्गुसन र जिम्मी निशमले समान २–२ विकेट लिए भने केन विलियम्सनले एक विकेट लिन सफल रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x