ज्ञानमाण्डू। नेपाल राष्ट्र बैङ्कको आर्थिक अनुसन्धान विभागले आर्थिक वर्ष २०७९/८० को पहिलाे महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रकाशित गरेको छ । उक्त प्रकाशित तथ्याङ्कका प्रमुख झलकहरू यस प्रकार रहेका छन् ।
- वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ८.२६ प्रतिशत छ ।
- आयात १२.९ प्रतिशतले, निर्यात २८.७ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १०.४ प्रतिशतले घटेकाे छ ।
- विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २०.३ प्रतिशत र अमेरिकी डलरमा १२.५ प्रतिशतले बढेकाे छ ।
- वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेकाे सङ्ख्या ४४,५४० पुगेकाे छ।
- शोधनान्तर स्थिति रु.२२ अर्ब ६३ करोडले घाटामा छ ।
- कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ४२ करोड अमेरिकी डलर रहेको छ ।
- सङ्घीय सरकारको खर्च रु.२२ अर्ब २६ करोड र राजस्व परिचालन रु.७९ अर्ब ७२ करोड छ ।
- विस्तृत मुद्राप्रदाय १.९ प्रतिशतले घटेकाे छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ६.४ प्रतिशतले बढेको छ ।
- बैङ्क तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन २ प्रतिशतले घटेकाे छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ०.०५ प्रतिशतले घटेको छ ।
- वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ८.६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाकाे वृद्धिदर ११.८ प्रतिशत छ ।
- मर्जर तथा एक्वीजीसनले बैक तथा वित्तीय संस्थाहरूको सङ्ख्या घटेर १२६ पुगेको छ भने शाखा सञ्जाल बढेर ११,५५५ पुगेको छ।
- कुल ७५३ स्थानीय तहमध्ये ७५२ तहमा वाणिज्य बैङ्कहरूका शाखा विस्तार भएका छन्।