आयाक्स च्याम्पियन्स लिगको प्लेअफमा

ज्ञानमाण्डू। च्याम्पियन्स लिग छनोट अन्तर्गत मङ्गलवार राति भएको खेलमा डच क्लब आयाक्सले घरेलु मैदानमा पाओक थिसालोनिकीलाई पराजित गर्दै अन्तिम प्लेअफमा स्थान पक्का गरेको छ । मङ्गलवार राति भएको छनोटमा आयाक्सले पाओक थिसालोनिकीलाई ३–२ को जित निकाल्दै प्ले अफमा स्थान बनाउन सफल भएको हो । आयाक्सले समग्रमा ५–४ को जित निकालेको हो ।

खेलको २३औं मिनेटमा प्रतिस्पर्धी टोलीका डिएगो विशेषवारको गोलबाट पछि परेको आयाक्सका लागि डुसान टाडिकले ४३औं मिनेटमा बराबरी गोल फर्काए । दुबै टोलीले पुन गोल गर्न नसक्दा पहिलो हाफसम्म खेल १-१ को बराबरीमा रह्यो । 

७९औं मिनेटमा निकोलसले गोल गर्दै आयाक्सलाई २–१ ले अघि बढाए । ८५औं मिनेटमा डुसान टाडिकले व्यक्तिगत दोस्र गोल गर्दै आयाक्सलाई जितको बाटोमा उभ्याए । ९०औं मिनेटमा डिएगोले गोल गरे पनि पाओकको हार टार्न भने सकेनन् ।

डच च्याम्पियन आयाक्सले अब च्याम्पियन्स लिगको समूह चरणमा स्थान बनाउन अपोइल निकोसियासँग प्रतिस्पर्धा गर्नेछ । अपोइलले क्वारावागमाथि समग्रमा ३–२ को जित निकालेको थियो ।

यता, पोर्चुगिज क्लब एएफसी पोर्टो च्याम्पियन्स लिग छनोटबाट बाहिरिएको छ । रसियन क्लब एफसी क्रास्नोडारसँग अवे गोलमा पछि पर्दै पोर्टाे छनोटबाटै बाहिरिएको हो । पोर्चुगलको क्लब पोर्टो पहिलो लेगमा १–० ले अघि थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x