धितोपत्र बजारमा दोहोरो अङ्कको गिरावट, नेप्से ६९.५१ अंकले घट्दा कारोबार ३ अर्बभन्दा कम


ज्ञानमाण्डू। साताको दोस्रो कारोबार दिन धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ऒरलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६९ दशमलव ५१ अंकले घटेर २५८७ दशमलव ४५ को विन्दुमा कायम भएको छ । यस दिन बजार ६९ दशमलव ५१ अंकले घट्दा नेप्से परिसूचकमा २.६२ प्रतिशतको गिरावट आएको देख्न सकिन्छ।

यस्तै सोमबार सेन्सेटिभ परिसूचक १२ दशमलव ४३ अंकले घटेर ४८४ दशमलव ९३ को विन्दुमा पुगेको छ । आज सेन्सेटिभ परिसूचक पनि २.५ प्रतिशतले घटेको छ।

आज कूल २१८ कम्पनीका ८७ लाख ७६ हजार ३३७ कित्ता शेयर रु २ अर्ब ९६ करोड ६८ लाख ९९ हजार ७९० मा खरिद बिक्री भए ।


यस दिन १३ वटा उपसमूहमध्ये व्यापार उपसमूहको परिसूचकबाहेक सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक ०.६३ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक ४.२६ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन विकास बैंक, जलविद्युत, निर्जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, जीवन बीमा र लगानीको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने अन्य र म्युचुअल फण्डको १ प्रतिशतभन्दा बढी घटेको छ।


कारोबार रकमका आधारमा यस दिन नबिल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ९ करोड ८९ लाख ९८ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन सानिमा बैंक र हिमालयन डिष्टिलरीको साढे ९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।


यस दिन १० कम्पनीको मात्र शेयरमूल्य बढेको छ। जसमध्ये एनआईसी एशियाको ऋणपत्रको मूल्य सर्वाधिक २ प्रतिशत बढेको छ। यस दिन घलेम्दी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ। त्यसैगरी, युनाइटेड मोदी हाइड्रोपावर, कालिका पावर, युनिभर्सल पावर, बरुण हाइड्रोपावर, प्रुडेन्सियल इन्स्योरेन्स र किसान लघुवित्तको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x