नर्सिङ केयर गिभरमा जापान जान चाहने नेपाली कामदारको परीक्षा मिति सार्वजनिक

ज्ञानमाण्डू । नर्सिङ केयर गिभरमा जापान जान चाहने कामदारको भाषा र सीप परीक्षाको मिति सार्वजनिक भएको छ । जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले आउँदो अक्टोबर र नोभेम्बर महिनामा भाषा र सीप परीक्षाको तालिका सार्वजनिक गरेको छ । 

भाषा तथा सिप परीक्षाका लागि अक्टोबर २७ देखि २९ (कार्तिक १० देखि १२), नोभेम्बर ५ देखि ७ (कार्तिक ९देखि १९) तथा नोभेम्बरकै १२ देखि १४ (कार्तिक २६ देखि २८) सम्म मिति तोकेको छ । यसका लागि एक हजार जनाले मात्रै आवेदन दिन पाउनेछन् ।

यसका कारण सुरुमा आवेदन दिनेले नै परीक्षामा सहभागी हुने मौका पाउनेछन् । आवेदन अनलाइनमार्फत दिनुपर्नेछ ।आवेदन दिन काठमाडौँमा रहेको जापानी दूतावास र जापान फाउन्डेसनले तोकेको नेपालस्थित कार्यालयबाट प्रक्रिया पूरा गरेर टोकन लिनुपर्ने व्यवस्था मिलाइएको छ ।त्यसपछि आवेदन फारम भरेर परीक्षामा सहभागी हुनुपर्नेछ । यस्तो परीक्षा नेपालमा कहाँ, कुन सेन्टरमार्फत हुन्छ भन्ने हालसम्म तय गरिएको छैन । परीक्षा उत्तीर्णलाई जापानमा रोजगारीको अवसर मिल्नेछ । दुवै परीक्षाका लागि शुल्क एक-एक हजार जापनिज युआन तोकिएको छ ।

नसिर्कङ केयर गिभरमा जान कुनै शैक्षिक योग्यता तोकिएको छैन । तर, जापान सरकारले लिने ‘नर्सिङ केयर सिप मूल्याङ्कन परीक्षा’ र ‘नर्सिङ केयर गिभर जापानी भाषामा मूल्याङ्कन परीक्षा’ पास गर्नुपर्नेछ ।जापान सरकारका अनुसार परीक्षा कम्प्युटर प्रणालीमा आधारित हुनेछ । सिप परीक्षा ६० मिनेट लामो हुनेछ । यसमा ४५ वटा प्रश्न सोधिने छन् ।यसमा पनि ४० लिखित र ५ प्रश्नको व्यवहारिक खालका हुनेछन् । भाषा परीक्षा ३० मिनेटको हुनेछ । यसमा १५ वटा प्रश्नहरू सोधिने छन् ।

नेपाली कामदार लैजानेबारे जापानसँग नेपालले ‘सहकार्यको समझदारी’ गरिसकेको छ । समझदारीमा जापान जाने नेपाली कामदारले जापानी नागरिक सरह वा सो भन्दा बढी पारिश्रमिक तथा सुविधा पाउने जनाइएको छ ।

कृषि, नर्सिङ केयर, सवारी साधन मर्मत लगायतका १४ क्षेत्रमा कामदार लैजाने सहमति भएको छ । जापानले विशिष्टिकृत दक्ष कामदार (स्पेसिफाइड स्किल वर्कर) को पहिलो र दोस्रो वर्गका कामदार लिने भनेको छ ।

पहिलो वर्ग -एसएसडब्लूआई) का कामदारलाई जापान जान सम्बन्धित कार्यक्षेत्रमा अनुभव आवश्यक पर्दछ । दोस्रो वर्ग (एसएसडब्लू (आई आई)का कामदारका लागि भने उच्च तहको सिप आवश्यक पर्दछ ।

कामदारले काम गर्न पाउने अवधिबारे छुट्टै कार्यविधि बन्नेछ । असल कामदारले अर्को ५ वर्ष काम गर्न पाउने सहकार्यको समझदारीमै उल्लेख छ । भाषा र सीप परीक्षाको लागि जम्मा खर्च ४५०० जापानी येनको हाराहारीमा हुने अनुमान छ ।त्यसबाहेकको खर्च रोजगारदाता र श्रमिकबिचको सम्झौतामा उल्लेख भएबमोजिम हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x