रोमानियालाई पराजित गर्दै स्पेन लगातार पाँचौँ जित निकाल्न सफल

ज्ञानमाण्डू।सन् २०२० मा आयोजना हुने युरो कपको छनोटमा स्पेनले जित निकालेको छ । स्पेनले बिहीबार राति घरेलु टोली रोमानियालाई २–१ ले पराजित गर्दै समूह ‘एफ’ मा लगातार पाँचौँ जित निकाल्न सफल भएको हो । रोमानियाको मैदानमा स्पेनलाई जित दिलाउन सर्जियो रामोस र पाको अल्कासरले एक एक गोल गरे भने रोमानियाका फ्लोरिन इन्डोनले एक गोल फर्काए ।

खेलको २९ औँ मिनेटमा रामोसले पेनाल्टीमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । खेलको ४७ औँ मिनेटमा अल्कासरले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाउन सफल भए । दुई गोलसँगै स्पेनले पहिलो हाफसम्म रोमानियालाई २-० अन्तरले पछि पर्‍यो ।
खेलको दोस्रो हाफको ५९ औँ मिनेटमा रोमानियाका फ्लोरिनले जवाफी गोल गर्दै खेल २-१ मा ल्याए । त्यसपछि खेलमा दुवै टोलीबाट थप गोल हुन नसक्दा स्पेनले २-१ को जित निकाल्न सफल भयो ।

यता खेलको ७९ औँ मिनेटमा डिएगो लोरेन्टोले रातो कार्ड पाउँदा स्पेन १० खेलाडीमा समेटिएको थियो ।जितसँगै समूह 'एफ' मा स्पेनले अपराजित यात्रा कायम राखेको छ । स्पेनको यो छनोटमा पाँचौँ जित हो । स्पेनले ५ खेलबाट १५ अङ्क जोडेको छ । स्पेन शीर्ष स्थानमा छ भने ५ खेलमा ७ अङ्क जोडेको रोमानिया चौथो स्थानमा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x