शिवम् सिमेन्टको नाफा १६.१३%ले वृद्धी, ईपीएस कति ?

ज्ञानमाण्डू।शिवम् सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीको समग्र वित्तीय विवरणका परिसूचकहरू मूल्यांकन गर्दा कम्पनीको प्रमुख वित्तीय सूचकहरुमा सामान्य सुधार आएको देख्न सकिन्छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा शिवम् सिमेन्ट लिमिटेडले ५८ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५० करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शिवम् सिमेन्ट लिमिटेडले ८ करोड १९ लाख रुपैयाँ अर्थात १६ दशमलव १३ प्रतिशत बढी नाफा आर्जन गर्न सफल भएको हो।

दोस्रो त्रैमासमा कम्पनीको उत्पादन बिक्रीबाट हुने कुल आम्दानी ४ अर्ब २५ करोड रुपैयाँ रहेको छ। यो गत वर्षको यही अवधिको तुलनामा ९ दशमलव ३६ प्रतिशतले कम हो । गत वर्ष कम्पनीको उत्पादन बिक्रीबाट हुने कुल आम्दानी ४ अर्ब ६९ करोड रुपैयाँ रहेको थियो।

कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी भने १६५ दशमलव ३० प्रतिशतले वृद्धी भइ ३ करोड ४८ लाख रुपैयाँ पुगेको छ। गत वर्ष कम्पनीको अन्य स्रोतबाट हुने कुल आम्दानी १ करोड ३१ लाख रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिमा कम्पनीको कुल खर्च ४ अर्ब १० करोड ११ लाख रुपैयाँबाट घटेर ३ अर्ब ५८ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ।

४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको शिवम् सिमेन्ट लिमिटेडको जगेडा कोषमा ३ अर्ब ६१ करोड २१ लाख ४३ हजार रुपैयाँ सञ्चित छ ।

आ.व. २०७७/७८ को दाेस्राे त्रैमास सम्म आइपुग्दा शिवम् सिमेन्ट लिमिटेडको वार्षिक प्रतिशेयर आम्दानी २६ रुपैयाँ ८० पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०३ रुपैयाँ ८३ पैसा रहेको छ । यता मूल्य आम्दानी अनुपात ६१ दशमलव ९३ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x