ज्ञानमाण्डू।जनता बैंक नेपाल लिमिटेडको मिति २०७६ आश्विन ५ गते आइतवारको दिन साँझ ५ः०० बजे बसेको सञ्चालक समितिको २९१ औं बैठकले आ.ब. २०७५/०७६ मा बैंकले प्राप्त गरेको मुनाफा रकम रु. १,३१,०८,४७,६०३ (अक्षेरुपी एक अर्ब एकतिस करोड आठ लाख सत्चालिस हजार छ सय तिन रुपैया मात्र) रहेकोमा सो मध्येबाट मिति २०७६ असार मसान्तमा कायम रहेको चुक्ता पूँजी रु. ८,००,०७,८५,९२५/-को १२ प्रतिशतले हुन आउने रकम रु. ९६,००,९४,३१०.९४ (अक्षरेपी छयानब्बे करोड चौरानब्बे हजार तीन सय दस रुपैया र चौरानब्बे पैसा मात्र) लाभाँश शेयरधनीहरुलाई वितरण गर्ने निर्णय गरेको छ । प्रस्तावित १२ प्रतिशत मध्ये ६ प्रतिशत बोनश शेयर र ६ प्रतिशत नगद लाभाँश वितरण गरिनेछ भने नियमानुसार लाग्ने कर शेयरधनीहरुलाई वितरण गरिने नगद लाभाँशबाट कट्टा गरिने र बैंकले प्रस्ताव गरेको बोनस शेयर तथा नगद लाभाँश रकम नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी आगामी साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिने कुरा बैंकले जनाएको छ ।
जनता बैंक नेपालले बोनस शेयर र नगद लाभांश दिने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
