कति पाउला रुरु जलविद्युतको आईपीओले पहिलो कारोबारको रेञ्ज ?


ज्ञानमाण्डू। रुरु जलविद्युत परियोजना लिमिटेडकाे प्राथमिक शेयर (आईपीओ) काे बाँडफाँड समापन भएपश्चात हाल अधिकांश लगानीकर्ताहरूको जिज्ञासा रुरु जलविद्युत परियोजना लिमिटेडको आईपीओले ओपनिङ्ग रेञ्ज कति पाउला भन्ने रहेको छ।

रु रु जलुविद्युत परियोजनाले चैत २० गतेदेखि चैत २४ गते सम्म प्रिमियम मूल्यमा सर्वसाधारणका लागि बिक्रि खुला गरेको प्राथमिक शेयर(आईपीओ) बैशाख ३ गते बाँडफाँड भएको हो । धेरै लगानीकर्ताहरुको हात खाली भएको उक्त आईपीओमा आवेदन दिएका कुल १६ लाख ८३ हजार १२१ जना सर्वसाधारण लगानिकार्ता मध्य मात्र ३७ हजार ९१६ जना आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले शेयर पाएका छन् । १६ लाख ४६ हजार ६ सय ७० जना सर्वसाधारण लगानिकार्ताको हात भने खाली भएको उक्त आईपीओको दोस्रो बजार प्रति शेयर मूल्य भने कति तोकिएला भन्ने प्रश्न हाल सबैको चासोको विषय बनेको छ ।

सर्वसाधारण लगानिकार्ताको जिज्ञासाको विषय बनेको रु रु जलुविद्युत परियोजना कम्पनी लिमिटेडको कारोबारको ओपनिङ्ग रेञ्जका बारेमा चर्चा गर्दै सर्वप्रथम यस रु रु जलुविद्युत परियोजना कम्पनी लिमिटेडको प्रतिशेयर नेटवर्थको कुरा गरौँ ।

कम्पनीको चुक्ता पुँजी र सम्पूर्ण जगेडाहरुको जोड नै कम्पनीको नेटवर्थ (खुद मूल्यअथवा किताबी मूल्य) हो । कुल नेटवर्थ कम्पनीको कुल शेयर संख्याले भाग गरेमा कम्पनीको प्रति शेयर नेटवर्थ वा शेयरको किताबी मूल्य प्राप्त हुन्छ । नेटवर्थलाई कम्पनीको कुल सम्पत्तिबाट कुल दायित्व घटाउँदा बाँकी रहने शेषका रुपमा पनि बुझ्न सकिन्छ । दोस्रो बजारमा कारोबार गर्दा कारोबार गरिने कम्पनीको शेयरको किताबी मूल्य र बजार मूल्यबीच तुलना पश्चात् खरिद बिक्री गरिने निर्णयलाई राम्रो मानिन्छ ।


यता, रुरु जलविद्युत परियोजना लिमिटेडकाे प्रति शेयर नेटवर्थको कुरा गर्दा, नेपाल धितोपत्र बोर्डले प्रकाशन गरेकाे विवरण पत्र अनुसार उक्त कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ को प्रतिशेयर नेटवर्थ ११८ रूपैयाँ ८४ पैसा रहेको जानकारी दिएको छ । धितोपत्र बजार नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले हरेक कम्पनीको पहिलो कारोबारको लागि उक्त कम्पनीकाे प्रति शेयर नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गरेको छ ।

यहि विषयलाई आधार मान्दा, रुरु जलविद्युत परियोजना लिमिटेडकाे ओपनिङ्ग रेञ्ज नेप्सेले न्युनतम ११८ रूपैयाँ ८४ पैसा देखि अधिकतम ३५६ रुपैयाँ ५२ पैसासम्म निर्धारण गर्न सक्ने सम्भावना रहेकाे देखिन्छ । अर्थात् सोही रेञ्जभित्र रहेर रुरु जलविद्युत परियोजना लिमिटेडकाे पहिलो कारोबार हुने देखिन्छ। तर, नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले रुरु जलविद्युत परियोजना लिमिटेडकाे पहिलो कारोबार ओपनिङ्ग रेञ्ज भने तोक्न अझै बाँकी नै रहेको छ । नेप्सेले कम्पनीको ओपनिङ्ग रेञ्ज साथै उक्त कम्पनीको प्रतीक चिन्ह पनि निर्धारण गर्ने छ।

रु रु जलुविद्युत परियोजनाले आफ्नो जारी पूँजी रु ४०,७७,०५,५००/- (चालिस करोड सतहत्तर लाख पाँच हजार पाँच सय) को २० प्रतिशत अर्थात् ८,१५,४११ कित्ता साधारण शेयरमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाकालागि १० प्रतिशत अर्थात् ४,०७७०५ कित्ता निष्काशन गरी बाँडफाँड गरि बाँकी रहेको जारी पूँजीको १० प्रतिशत अर्थात रु.४,०७७०,६००/- रकम बराबरको रु. १००/- अंकित दरमा प्रिमियम वापत रु. २०/- थप गरी जम्मा मुल्य रु. १२०/- मा ४,०७७०६ कित्ता शेयर सर्वसाधारणलाई सार्वजनिक निष्काशन गरेको हो। सो मध्ये ८,१५४ कित्ता (२ प्रतिशत) कर्मचारीहरुलाई र २०,३८५ कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी ३७९,१६७ कित्ता साधारण शेयरहरुको सार्वजनिक निष्काशन गरिएको कम्पनीले जानकारी दिएको छ।

रुरु जलविद्युत परियोजनाको आइपीओ शेयर निष्कासन तथा बिक्रि प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेडले वहन गरेको हो । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपाल(ICRA Nepal Limited)ले यस रु रु जलविद्युत परियोजना लिमिटेडलाई मिति २०७७/०४/१५ मा समयमा नै वितीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित कम्पनी जनाउने ICRANP-IR BBB (Prounced as ICRA NP Issuer Rating Tripple B) प्रदान गरेको थियो । उक्त रेटिङ्गको अवधि जारी मितिबाट एक वर्षसम्म रहने क्रेडिट रेटिङ एजेन्सीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x