१३औं शताब्दीमा हराएको मास्टरपिस फ्रान्सेली महिलाको भान्छामा फेला

ज्ञानमाण्डू।१३औं शताब्दीमा हराएको फ्लोरेन्टाइन चित्र कार "सिमबुए"को मास्टर पिस पेरिसको नजिक एक भान्छामा फेला परेको छ।"क्राइस्ट मोक्ड"नामक यस मास्टर पिस पेन्टिङेको आगामी महिना हुन लागिएको लिलामीमा ६ मिलियन युरो (६.५९ मिलियन डलर) सम्म मोल पुग्ने अपेक्षा गरिएको छ ।

कम्पिह्यान सहरकी एक वृद्ध फ्रान्सेली महिलाले त्यस दुर्लभ कलाकृति उनको भान्छामा झुन्ड्याएर राखेकी थिइन् । सो माहिलाले त्यस दुर्लभ कलाकृतिलाई कुनै ग्रिसको धार्मिक आइकन हुनु पर्ने सोचेकी रहिछन् ।बेवास्ता गरिएको त्यो पेन्टिङ कहाँबाट आयो भनेर सोही महिलालाई पनि थाहा थिएन ।

हाले विशेषज्ञहरू द्वार गरिएका परीक्षणहरू पश्चात् सो मास्टरपिसको असल पहिचान पत्ता लगेको हो तैपनि, १३औं शताब्दीका चित्र कार "सिमबुए" द्वार कोरिएको सो मास्टरपिसलाई चिन्न खासै गाह्रो नपरेको कला विशेषज्ञहरू बताउँछन् ।

"सिमबुए" चित्र कार "सेन्नी डाई पेपो"लाई दिएको छद्म नाम हो ।उनको जन्म सन् १२४० को आसपास फ्लोरेन्समा भएको थियो ।सिमबुए अर्थ त सेन्नी डाई पेपो पूर्व-पुनर्जागरण युगका एक व्यापक र महान् चित्रकारको नाममा सम्मानित र परिचित पनि छन् ।संसारमा उनका मात्र ११ वटा पेन्टिङ रहेका छन् । जुन एकदमै दुर्लभ पनि छन् । 
"सिमबुए" चित्र कार "सेन्नी डाई पेपो"

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x