हिमाल आरोहण अनुमतिको रोयल्टी साढे ६ करोड


ज्ञानमाण्डू।शरद ऋतुमा देशका विभिन्न हिमाल आरोहण अनुमतिबाट अहिलेसम्म रु ६ करोड ४० लाख ८८ हजार ८४ रोयल्टी सङ्कलन भएको छ । ६२ देशका एक हजार १६२ आरोहीबाट सो रोयल्टी सङ्कलन भएको पर्यटन विभागले जनाएको छ ।

विभागका अनुसार आरोहण अनुमति लिनेमा पुरुष ९ सय १५ र महिला २ सय ४७ जना रहेका छन् । आरोहीले शरद ऋतुमा विभिन्न ५० हिमाल आरोहणका लागि अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।जसमध्ये सबैभन्दा बढी २७ समूहका ३ सय १६ जनाले आमादब्लम हिमालको आरोहण अनुमति लिएका छन् । जसबाट १ करोड ४० लाख ३६ हजार ३ सय रुपैयाँ रोयल्टी सङ्कलन भएको छ ।

सबैभन्दा बढी रोयल्टी भने मनास्लु हिमाल आरोहण अनुमतिबाट उठेको छ । मनास्लुबाट मात्रै रु दुई करोड ७० लाख ८५ हजार ६०० रोयल्टी सङ्कलन भएको विभागको भनाइ छ । मनास्लु हिमाल आरोहणका लागि २७ समूहका २६४ जनाले अनुमति लिएका छन् । त्यसै गरी धवलागिरि हिमाल आरोहणबाट रु ३२ लाख आठ हजार पाँच रोयल्टी सङ्कलन भएको छ । उक्त हिमाल आरोहणका लागि तीन समूहका ३१ जानले अनुमति लिएका छन् । यता थापा पिक आरोहण अनुमतिबाट रु ११ लाख ८९ हजार ३१२ सङ्कलन भएको पर्यटन विभागले जनाएको छ ।

वसन्त ऋतुमा आरोहीको भीड लाग्ने विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि दुई समूहका १० जनाले अनुमति पाएका थिए । उनीहरूबाट सरकारले रु ६३ लाख ११ हजार ८०० रोयल्टी सङ्कलन गरेको छ । लामो समयपछि शरद ऋतुमा आरोहणका लागि गएको भए पनि सफल हुन नसकेका उनीहरू, सगरमाथा आरोहण असफल भएपछि फर्किसकेका छन् ।

शरद ऋतुमा आरोहणका लागि मौसम सामान्य अनुकूल हुने भए पनि उच्च गतिको हावाका कारण जोखिम हुने आरोहीको भनाइ छ । सगरमाथा आधार शिविरदेखि क्याम्प १ सम्मको अति जोखिम युक्त बाटो निर्माणको जिम्मा पाएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)का अध्यक्ष आङछिरिङ शेर्पाका अनुसार शरद ऋतुमा बाटो निर्माण गर्दा खर्च बढी लाग्छ । त्यसैले यो समयमा आरोही समूहले नै बाटो निर्माण गर्दै जानुपर्ने हुन्छ । वसन्त ऋतुमा ६०० अमेरिकी डलरमा क्याम्प १ सम्मको बाटो बनाउने सकिने भए पनि शरद ऋतुमा कम्तीमा २५ हजार अमेरिकी डलर लाग्ने समितिले जनाएको छ । 

नेपाल सरकारले समेत शरद ऋतुमा आरोहणलाई प्राथमिकता दिएको पाइँदैन । यस याममा आरोहणका लागि आवश्यक पूर्वाधार तयार पार्न सरकारको ध्यान नगएको आरोहीहरूको गुनासो रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x