माछापुच्छ्रे बैंककाे खुद ब्याज आम्दानी ९५ करोड २४ लाख

ज्ञानमाण्डू। माछापुच्छ्रे बैंकले यस आ.व.को प्रथम त्रैमासको प्रगति विवरण प्रकाशन गरेको छ। अघिल्लो वर्ष व्यवसायीक एवं शाखा विस्तारमा निकै राम्रो प्रगति गरेको बैंकले यो आर्थिक बर्षको सुरुवात संगै अघिल्लो बर्षको व्यवसायीक सफलतालाई निरन्तरता दिदै शाखा विस्तार एंव व्यवसायीक प्रगतिमा उल्लेख सफलता हासिल गरेको बैंकद्वारा प्रकाशित वित्तिय विवरणमा देखिएको छ। 
    
बैंकले यस आ.व.को प्रथम त्रैमासमा ३७ करोड ६० लाख नाफा कमाएको छ जबकि गत आ.व.को यसै अवधिमा ३७ करोड १६ लाख नाफा कमाएको थियो । 

८ अर्ब ४५ कराेड ८४ लाख ७८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको माछापुच्छ्रे बैंकले ९१ अर्ब २७ करोड ३३ लाख ४८ हजार रुपैयाँ निक्षेप संकलन गरी ८३ अर्ब ६३ करोड ८ लाख ८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा (Reserve+Retained Earnings) २ अर्ब २२ कराेड २६ लाख ७ हजार रुपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १३.०४ प्रतिशतले वृद्धि भएर ९५ करोड २४ लाख ९४ हजार रुपैयाँ पुगेकाे छ । बैङ्कमा निष्कृय कर्जा अनुपात ०.३१ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ७८ पैसा छ भने प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ६४ पैसा छ र मूल्य आम्दानी अनुपात १२.६० गुणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x