नेपाल टेलिकमको परिमार्जित अटम अफर (Autum Offer) अन्तर्गत थप आकर्षक सुविधा

ज्ञानमाण्डू।नेपाल टेलिकमले हाल उपलब्ध गराइरहेको अटम अफर (Autum Offer) अन्तर्गतको प्रतिदिन १ जिबी डाटा प्याक (1 GB per day Data Pack)लाई थप सुविधा सहित केही परिमार्जन गरेको छ । परिमार्जित अफर आज (२०७७ मंसिर ५ गते) शुक्रबार राती १२ बजे पश्चात लागु हुने टेलिकमले  जानाएको छ।

हाल टेलिकमले उपलब्ध गराइरहेको प्रतिदिन १ जिबी डाटा प्याक (1 GB per day Data Pack)अन्तर्गत प्रतिदिन १ जिबी डाटा प्रयोग गर्न सकिने गरी ७ दिनका लागि रु. २ ५० मा उपलब्ध भइरहेको प्याक र २८ दिनका लागि रु. ८५० मा उपलब्ध भइरहेको प्याकमा भ्वाइस सुविधा थप हुनेगरी नयाँ इको भ्वाइस प्लस डाटा कम्बो प्याक (Eco Voice+Data Combo Pack) ल्याइएको टेलिकमले  जानाएको छ। 

सो अनुसार इको भ्वाइस प्लस डाटा कम्बो प्याक (Eco Voice+Data Combo Pack) अन्तर्गत रु. २५० मा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ९८ मिनेट भ्वाइस कल र प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा ७ जिबी डाटा ७ दिनभित्र प्रयोग गर्न सकिने छ । यसैगरी रु. ८५० मा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ३९२ मिनेट भ्वाइस कल र प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा २८ जिबी डाटा २८ दिनभित्र प्रयोग गर्न सकिने कुरा टेलिकमले यस प्रेस विज्ञप्तिद्वारा जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x