धितोपत्र बजारमा दोहोरो अङ्ककाे गिरावट, नेप्से २०२७.३२ को विन्दुमा | NEPSE


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ६० अंकले घटेर २०२७ दशमलव ३२ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ३ दशमलव ४२ अंकले घटेर ३८५ दशमलव ४९ को विन्दुमा पुगेको छ ।


आज कूल २२९ कम्पनीहरूका ४७ लाख ११ हजार २५ कित्ता शेयर रु १ अर्ब ८० करोड ६२ लाख ४ हजार ७६४ मा खरिद बिक्री भए ।


कारोबार भएका कूल १३ उपसमूह मध्य दशमलव सामूहिक लगानी कोष शुन्य दशमलव ०९ अङ्कले बढेकाे छ। यता, बैंकिङ उपसमूह ८ दशमलव ५७ अङ्कले घट्दा ट्रेडिङ उपसमूह २३.४७ अङ्कले, होटल तथा पर्यटन उपसमूह ३१.२४ अङ्कले, विकास बैंक उपसमूह ४६.२१ अङ्कले, जलविद्युत उपसमूह १५.९३ अङ्कले, वित्त उपसमूह ७.७९ अङ्कले, निर्जीवन बीमा ३३.६७ अङ्कले, उत्पादन उपसमूह ४३.२ अङ्कले, अन्य उपसमूह २२ अङ्कले, लघुवित्त उपसमूह ३७.३६ अङ्कले, जीवन बीमा उपसमूह ११५.१७ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ५३ अङ्कले घटेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x