
ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मंगलबार चैत १७ गते, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको जानकारी दिएको छ। नेप्सेले मंगलबार नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर पछिको भाउ समायोजन गरेको जानकारी दिएको छ।

नेप्सेले मंगलबार नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ८ प्रतिशत बोनस शेयर पछिको भाउ समायोजन गरेको हो। शेयरमूल्य समायोजनपश्चात नेपाल इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ७८१ रुपैयाँ निर्धारण भएको छ।
सोही मूल्यलाई आधार मानेर मंगलबार नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर कारोबार खुला हुनेछ । नेप्सेले इन्स्योरेन्सको अघिल्लो कारोबारी दिन अर्थात सोमबारको अन्तिम कारोबार मूल्य धितोपत्र बजारमा प्रतिकित्ता ८४३ रुपैयाँका आधारमा भाउ समायोजन गरेको हो ।