ज्ञानमाण्डू।प्रत्येक दुई वर्षमा सञ्चालन हुने दक्षिण एसियाली खेलकुद प्रतियोगिताको १३ औँ संस्करण काठमाडौँमा सञ्चालन हुनु यो आफैमा एउटा ठूलो सम्मान हो । सन् १९८३ मा गठित दक्षिण एसियाली खेलकुद परिषद्को रेख-देखमा सञ्चालन हुने यस प्रतियोगिताका सदस्यहरू : नेपाल, भारत, भुटान, पाकिस्तान, श्रीलङ्का, मालदिभ्स, बङ्गलादेश र अफगानिस्तान रहेका छन् । साग आफैमा एउटा बहु-खेल प्रतियोगिता हो।
पहिलो दक्षिण एसियाली खेलकुद काठमाडौँ, नेपालले सन् १९८३ मा आयोजना गरेको थियो र त्यसयता केही अवसरहरू बाहेक, साग प्रत्येक दुई वर्षमा आयोजना हुँदै आएको छ। सन् १९८३, सन् १९९९ र सन् २०१९ गरेर नेपालले साग प्रतियोगिता यो तेस्रो पटक आयोजन गर्ने मौका पाएको हो ।
यस्तो रह्यो नेपालको १३औँ सागको पदक सङ्ख्य, साथै सहभागि राष्ट्र र आयोजित वर्षहरूको इतिहास: