एपिएफको पहिलो जित

ज्ञानमाण्डू।विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)ले शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । 

ललितपुरको सातदोबाटो स्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा आज भएको चौथो चरणको अन्तिम खेलमा एपिएफले सरस्वती युवा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै जारी लिगमा पहिलो जित दर्ता गराएको हो । 

जितसँगै एपिएफ ११औँ स्थानमा उक्लेको छ भने पराजित सरस्वती अङ्कविहीन रहँदै अङ्कतालिकाको अन्तिम स्थानमा छ । यस खेलसँगै चार खेल खेलेको एपिएफले भने एक जित, एक बराबर र दुई हारसँगै चार अङ्क जोडेको छ । 

एपिएफको जितमा आशिष लामा नायक बने । उनले खेलको ६३ औँ मिनेटमा गोल गर्दै एपिएफलाई पहिलो अग्रता दिलाए । त्यस्तै खेलको दोस्रो हाफको अतिरिक्त समयमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै एपिएफको जित सुनिश्चित गरे । आशिषले गोल गरे लगत्तै सरस्वतीका विनोद केसीले एक गोल फर्काएका थिए ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x