कम्पोष्ट मल उत्पादन तालीम प्रदान


ज्ञानमाण्डू।प्रदेश सरकारअन्तर्गत कृषि विकास निर्देशनालय प्रदेश नं ३ को सहकार्यमा सात जिल्लाका १२५ लाई जापनिज प्रविधिबाट कम्पोष्ट मल उत्पादन गर्ने तालीम प्रदान गरिएको छ । 

मध्यपुरथिमि नगरपालिकाले वडा नं ४ मा गत वर्षबाट सञ्चालनमा ल्याएको घर–घरको फोहर सङ्कलन गरी कम्पोष्ट मल बनाउने जापनिज प्रविधिलाई प्रदेशका सबै जिल्लामा विस्तार गर्ने उद्देश्यले सञ्चालित तालीम आज सम्पन्न भएको हो । नगरपालिका र रिकिशी कम्पोष्ट मल प्रालिद्वारा आयोजित कम्पोष्ट मल केन्द्रमा सञ्चालित जापनिज प्रविधिबाट कम्पोष्ट मल बनाउने तालीमका सहभागीलाई सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले प्रमाणपत्र वितरण गरे । 

तालीममा सहभागी चितवन, दोलखा, रामेछाप, बाजुरा, काठमाडौँ, सिन्धुपाल्चोक र भक्तपुरमा कम्पोष्ट मल बनाउने प्रविधि विस्तार गर्न सरकारलाई अब सहज भएको उनले बताए । नेपाल सरकारको कृषिलाई आधुनिक, वैज्ञानिक र यान्त्रिक बनाउने अभियानलाई समेत यो प्रविधिले प्रदेशका सबै जिल्लामा यो अभियानलाई विस्तार गर्न तालीमले ठुलो टेवा दिने बस्नेतको भनाइ थियो । 

कार्यक्रममा नगर प्रमुख मदनसुन्दर श्रेष्ठले मध्युरथिमिको फोहर व्यवस्थापनमा यसले सघाऊ पुर्‍याएको बताए । नगरपालिकाले अहिले वडा नं ४ का घरघरबाट फोहर सङ्कलन गरेर जापनिज प्रविधिबाट कम्पोष्ट मल बनाएको उल्लेख गर्दै उनले यसलाई नगरपालिकाको सबै वडामा विस्तार गरिने बताएका छन् । 

कम्पोष्ट मल उत्पादन केन्द्र अहिले अध्ययन एवं अवलोकनको केन्द्र बनेको जानकारी दिँदै उनले यहीबाट सिकेर राप्ती नगरपालिकामा पनि स्थानीयवासीले यही प्रविधिको मल उत्पादन सुरु गरेको जनाए । त्यस अवसरमा रिकिशी कम्पोष्ट मल प्रालिका प्रबन्ध निर्देशक उषा गिरीले घरमा फाल्ने फोहरलाई जैविक मल बनाएर प्रयोग र बिक्री गर्न सकिने बताउँदै यो प्रविधिलाई देशव्यापी रूपमा विस्तार गर्नुपर्नेमा जोड दिए । 

जापानमा ४७ वर्ष अगाडि जापनिज नागरिक हासिमोदोले जन्माएको यो प्रविधि विभिन्न देशमा नमुनाका रूपमा प्रयोगमा आइरहेको उल्लेख गर्दै उनले भक्तपुरमा सुरु भएको यो केन्द्रलाई दक्षिण एसियाकै प्रशिक्षण केन्द्रको रूपमा लैजान सकिने बताए । तालीममा सहभागीमध्ये घनश्याम कँडेल र विश्व लामाले यहीँबाट सिकेर राप्ती नगरपालिकामा आफूहरूले मल उत्पादन सुरु गरिसकेको बताउँदै स्थानीय सरकारले मध्यपुरमा जस्तै गरी अन्यत्र पनि सघाउनुपर्नेमा जोड दिएका छन् । प्रशिक्षार्थीलाई जापनिज नागरिक जुनसा खामोसिजीले प्रशिक्षण दिएका थिए ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x