लघुवित्तका कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि पोखरामा दुई दिने तालिम

ज्ञानमाण्डू।कास्कीको पोखरा स्थित होटेल क्राउनमा एआइएमटी ट्रेनिङ सोलुशन प्रा.लि.को आयोजनामा विभिन्न नौ वटा बैङ्क तथा वित्तीय संस्थाका २३ जना कर्मचारीहरूलाई Micro Finance Acceleration सम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ । पछिल्लो समयमा लघुवित्तको क्षेत्रमा दक्ष कर्मचारीहरूको अभाव रहेको अवस्थामा कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धिको लागि तालिम कार्यक्रम आयोजना गरिएको आयोजक संस्था एआइएमटी ट्रेनिङ सोलुशन प्रा.लि.की कार्यक्रम संयोजक तथा प्रबन्ध निर्देशक सेलिशा क्षेत्रीले बताइन् । 

यही ज्येष्ठ ३ र ४ गते भइरहेको कार्यक्रममा ३ गते जनसेवी लघु वित्त वित्तीय संस्थाका प्रमुख कार्यकाकरी अधिकृत कमल खत्री, कालिका लघु वित्त वित्तीय संस्था लि.का कर्जा तथा जोखिम व्यवस्थापन विभाग प्रमुख राजेश श्रेष्ठ, स्पर्श लघु वित्त वित्तीय संस्था लि.का प्रमुख कार्यकारी अधिकृत सजल खड्काले सहजिकरण गरेका थिए भने ४ गते गरिमा विकास बैङ्क लघु वित्त विभाग प्रमुख नवीन प्याकुरेल, चौतारी लघु वित्त वित्तीय संस्था लि.का नायव प्रमुख कार्यकारी अधिकृत आर.आर. हरिकृष्ण जोशीले प्रशिक्षण दिने भएका छन् । तालिममा लघुवित्तका कार्यक्रमहरू, हालको बदलिँदो अवस्था, वित्तीय संस्थामा आइपर्ने जोखिम तथा त्यसको व्यवस्थापन, भाका नाघेका कर्जा व्यवस्थापन, नेतृत्व विकास, ग्राहक सेवा लगायतका विषयमा तालिम दिइने आयोजक संस्थाकी निर्देशक क्षेत्रीले जानकारी दिइन् ।


यस्ता तालिमहरूले आत्मविश्वास बढेको तथा तालिम पश्चात् आफ्ना कर्मचारीहरूलाई धेरै कुरा सिकाउनलाई पनि सजिलो हुने कालिका लघु वित्त वित्तीय संस्थाबाट सहभागी सफल शर्माले बताए ।

एआइएमटी ट्रेनिङ सोलुशन प्रालिले ज्येष्ठ ४ गते नै रामेछापको मन्थलीमा कमर्सियल बैङ्कका कर्मचारीहरूलाई एक दिने Anti money laundering, combating financial terrorist & know Your costumer सम्बन्धी तालिमको आयोजना गर्दै छ । संस्थाले बैङ्क, वित्तीय संस्था सँग सम्बन्धित तथा क्षमता अभिवृद्धि र सीप विकासका तालिमहरू दिदैं आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x