सुनको मूल्यमा वृद्धि, चाँदी तोलाको कति ?



ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला नाै सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असाेज १५ गते, शुक्रबारका दिन छापावाला सुनको मूल्य तोलाको ८९ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार १ सय ५० रुपैयाँ तोकिएको छ ।



अघिल्लो कारोबारी दिन अर्थात विहीबार असाेज १४ गतेका दिन, छापावाला सुन प्रतितोला ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ८८ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य पनि सामान्य रकमले उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार १ सय ४० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन विहीबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार १ सय २० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा २० रुपैयाँले बढेको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x