नाफामा एक अर्कालाई टक्कर दिने वाणिज्य बैङ्कहरूलाई दाँजेर हेर्दा


ज्ञानमाण्डू। २७ वटै वाणिज्य बैङ्कहरूले आर्थिक वर्ष २०७७/७८ को पहिलाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। ती मध्ये सर्वाधिक नाफा कमाउने ग्लोबल आइएमई बैङ्क, नबिल बैङ्क, एनआईसी एशिया बैङ्क र प्राइम कमर्सियल बैङ्क गरी अर्ब माथि नाफा कमाउने ४ वटा वाणिज्य बैंकहरुलाई पहिलाे त्रैमासको वित्तीय विवरणका आधारमा तुलना गर्ने प्रयास गरिएको छ ।

चुक्ता पुँजी: ग्लोबल आइएमई बैंकको सबै भन्दा बढि १८ अर्ब ९७ करोड ५८ लाख ८० हजार रुपैयाँ चुक्ता पुँजी रहेको छ भने प्राइम कमर्सियल बैङ्ककाे १३ अर्ब ९८ करोड ५२ लाख ५० हजार रुपैयाँ, नबिल बैंककाे १० अर्ब ०९ करोड ७४ लाख ९७ हजार रुपैयाँ र एनआईसी एशिया बैंककाे ९ अर्ब ७१ करोड ७६ लाख ५१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

निक्षेप संकलन: २ खर्ब ३१ अर्ब ३३ करोड ४१ लाख ३८ हजार रुपैयाँ निक्षेप संकलन गरि एनआईसी एशिया बैंक अगाडि रहेको छ भने ग्लोबल आइएमई बैंकले २ खर्ब २४ अर्ब २३ करोड ७५ लाख ०७ हजार रुपैयाँ, नबिल बैंकले १ खर्ब ९६ अर्ब १५ करोड १८ लाख ७१ हजार रुपैयाँ,र प्राइम कमर्सियल बैङ्कले १ खर्ब २४ अर्ब ५० करोड ८४ लाख ४९ हजार रुपैयाँ निक्षेप संकलन गरेका छन् । 

कर्जा लगानी: एनआईसी एशिया बैंकले १ खर्ब ८९ अर्ब ८१ करोड ७६ लाख ९८ हजार रुपैयाँ, नबिल बैंकले १ खर्ब ५७ अर्ब १९ करोड ६० लाख २४ हजार रुपैयाँ, प्राइम कमर्सियल बैंकले १ खर्ब १३ अर्ब ४४ करोड ७२ लाख ९६ हजार रुपैयाँ कर्जा लगानी गरेका छन् भने ग्लोबल आइएमई बैंकले १ खर्ब ९५ अर्ब ७३ करोड १२ लाख १ हजार रुपैयाँ कर्जा लगानी गर्दै कर्जा लगानीमा अघि रहेको छ । 

खुद ब्याज आम्दानी: ग्लोबल आइएमई बैंकले व्यवसाय विस्तारबाट एनआईसी एशिया, नबिल र प्राइम कमर्सियल बैंकले भन्दा बढि खुद ब्याज आम्दानी गरेको छ। ग्लोबल आइएमई बैंकले २ अर्ब ५९ करोड ३६ लाख ९ हजार रुपैयाँ, एनआईसी एशिया बैंकले १ अर्ब ९८ करोड १५ लाख ४ हजार रुपैयाँ, नबिल बैंकले १ अर्ब ५७ करोड ४० लाख १५ हजार रुपैयाँ र प्राइम कमर्सियल बैंकले १ अर्ब ५५ करोड ८ लाख ३७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् ।

नाफा: ग्लोबल आइएमई बैंकले सबै भन्दा बढि १ अर्ब ५ करोड ८८ लाख ४० हजार रुपैयाँ नाफा कमाउन सफल भएकाे छ भने नबिल बैंकले १ अर्ब ३ करोड ५७ लाख १२ हजार रुपैयाँ, एनआईसी एशिया बैंकले १ अर्ब २ करोड १० लाख ८ हजार रुपैयाँ र प्राइम कमर्सियल बैंकले १ अर्ब १ करोड ७६ लाख ३५ हजार रुपैयाँ कमाएको देखिन्छ ।

जगेडा कोष: नबिल बैंकको जगेडा कोषमा १२ अर्ब ६१ करोड ९६ लाख ६४ हजार रुपैयाँ रहेको छ भने ग्लोबल आइएमई बैंकको ९ अर्ब २६ करोड ७१ लाख ७६ हजार रुपैयाँ,  एनआईसी एशिया बैंकको ६ अर्ब ६९ करोड ५१ लाख ९७ हजार रुपैयाँ छ भनेको प्राइम कमर्सियल बैंककाे जगेडा कोषमा ५ अर्ब ४६ करोड ६५ लाख ४४ हजार रुपैयाँ रहेको छ

संचित मुनाफा: नबिल बैंकको संचित मुनाफा ४ अर्ब २५ करोड १० लाख ४४ हजार रुपैयाँ रहेको छ भने प्राइम कमर्सियल बैंकको २ अर्ब १२ कराेड ७ लाख ७७ हजार रूपैयाँ, एनआईसी एशिया बैंकको २ अर्ब २ करोड २४ लाख ७८ हजार रुपैयाँ छ भनेको ग्लोबल आइएमई बैंककाे संचित मुनाफा १ अर्ब ८४ करोड ४७ लाख २५ हजार रुपैयाँ रहेको छ ।

वितरण याेग्य मुनाफा: नबिल बैंककाे सबै भन्दा बढि १ अर्ब २० करोड ८८ लाख ७ हजार रुपैयाँ वितरण याेग्य मुनाफा रहेको छ भने प्राइम कमर्सियल बैङ्ककाे ३३ करोड ८४ लाख ४७ हजार रुपैयाँ, ग्लोबल आइएमई बैंकको २२ करोड ६१ लाख ६१ हजार रुपैयाँ र एनआईसी एशिया बैंककाे ४ करोड ६६ लाख ६५ हजार रुपैयाँ वितरण याेग्य मुनाफा रहेको छ ।

निस्क्रिय कर्जा: एनआईसी एशिया बैंकको निस्क्रिय कर्जा सबै भन्दा कम ० दशमलव ४० प्रतिशत देखिन्छ भने नबिल बैंकको ० दशमलव ६५ प्रतिशत, प्राइम कमर्सियल बैंकको १ दशमलव ३७ प्रतिशत र ग्लोबल आइएमई बैंकको १ दशमलव ८३ प्रतिशत निस्क्रिय कर्जा देखिन्छ ।

प्रति शेयर आम्दानी: नबिलको प्रति शेयर आम्दानी ४१ रुपैयाँ ३ पैसा, प्राइम कमर्सियल बैंकको प्रति शेयर आम्दानी २९ रुपैयाँ ११ पैसा, ग्लोबल आइएमई बैंकको प्रति शेयर आम्दानी २२ रुपैयाँ ३२ पैसा छ भने एनआईसी एशिया बैंक प्रति शेयर आम्दानी ४२ रुपैयाँ ३ पैसा सहित अघि छ ।

प्रतिशेयर नेटवर्थ: नबिल बैंकको प्रति शेयर नेटवर्थ २६७ रुपैयाँ ८ पैसा, एनआईसी एशिया बैंकको १८९ रुपैयाँ ७१ पैसा, ग्लोबल आइएमई बैंकको १५८ रुपैयाँ ५९ पैसा भने प्राइम कमर्सियल बैंकको प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ २६ पैसा छ ।

मूल्य आम्दानी अनुपात: प्राइम कमर्सियल बैंककाे मूल्य आम्दानी अनुपात ९.८६ गुणा, ग्लोबल आइएमई बैंकको १२.१९ गुणा, एनआईसी एशिया बैंकको मूल्य आम्दानी अनुपात १३.७५ गुणा छ भने नबिल बैंकको मूल्य आम्दानी अनुपात २०.९६ गुणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x