पन्ध्र दिने त्रिवेणी मेला शुरु

ज्ञानमाण्डू।उदयपुरको कटारीस्थित कमला नदीको त्रिवेणीधाममा परम्पराकालदेखि हरेक वर्ष माघे सङ्क्रान्तिदेखि सञ्चालन हुने पन्ध्र दिने त्रिवेणी मेला यस वर्षको आज माघ १ गतेबाट औपचारिक रूपमा सुरु भएको छ । 

कटारीको कमला नदीस्थित त्रिवेणीधाममा आजबाट सुरु भएको मेला यही माघ १५ गतेसम्म लाग्ने मेला व्यवस्थापन समितिका अध्यक्ष केदार धमलाले बताए । मेलामा मुख्य गरेर त्रिवेणीधाममा दर्शन गर्न आउने र मेलाका लागि आउने आगन्तुकका लागि विभिन्न ४०० व्यापारिक कक्ष, होटेल, सुरक्षा व्यवस्थासमेत प्रबन्ध गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ ।

दर्शन गर्न आउने भक्तजनले मुख्य गरेर कमला नदीको त्रिवेणीधाममा मकर नुहाउने, पूजा तथा आराधना गर्ने, कमलेश्वर शिव महादेवको दर्शन गर्ने गरेका कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठ बताउँछन् । मनले चिताएको कुरा पूरा हुने र शरीरका विभिन्न रोग कष्ट तथा चर्मरोग अन्त्य हुने जनविश्वासका साथ त्रिवेणीधाममा मकर नुहाउने तथा कमला नदीमा पाठी, परेवा र हाँस बलि दिएर पूजा गर्ने र कमलेश्वर महादेव मन्दिरमा दूध चढाएर पूूजा गर्ने प्रचलन रहँदै आएको त्रिवेणीका हेमप्रसाद दाहाल बताउँछन् । 

पन्ध्र दिनभित्र सात लाखभन्दा बढी भक्तजनले दर्शन तथा पूजा आराधना गर्ने गरेका मेला व्यवस्थापन समितिका पदाधिकारी बताउँछन् । त्रिवेणीधाममा उदयपुरबाहेक प्रदेश नं १ का झापा, मोरङ, सुनसरी, प्रदेश नं २ का सिरहा, सप्तरी, धनुषा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवन, काभ्रे, सिन्धुली, सोलखुम्बुु, ओखलढुङ्गासहित राजधानी काठमाडाँैबाट समेत ठुलो सङ्ख्यामा भक्तजन आउने गरेका छन् । यस्तै भारतको बिहार, पश्चिम बङ्गाल, दार्जिलिङ, सिक्किम र कालिम्पोङबाट समेत ठुलो सङ्ख्यामा भक्तजन आउने गरेका मेला व्यवस्थापन समितिले जनाएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x