बैंक अफ काठमाडौँको नाफा ३८ करोड ३७

ज्ञानमाण्डू। बैंक अफ काठमाडौँको नाफा ०.८ प्रतिशतले घटेको छ । गत आ.व.को यसै अवधिमा बैङ्कले ३८ करोड ६८ लाख नाफा कमाएको थियो भने अहिले ३८ करोड ३७ लाख नाफा कमाएको देखिन्छ । 

८ अर्ब ६ कराेड ३१ लाख १ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंक अफ काठमाडौँले ८५ अर्ब ७७ करोड ७७ लाख ८६ हजार रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब ४८ करोड ६२ लाख ६७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा (Reserve+Retained Earnings) ५ अर्ब ८६ कराेड ५८ लाख ७७ हजार रुपैयाँ रहेको छ र वितरण योग्य नाफा १८ कराेड ७६ लाख रुपैयाँ छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ११.३२  प्रतिशतले वृद्धि भएर  ९७  करोड ७३ लाख १५ हजार रुपैयाँ पुगेकाे छ । बैङ्कमा निष्कृय कर्जा अनुपात १.७६ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ०४ पैसा छ भने प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ ७५ पैसा छ र मूल्य आम्दानी अनुपात ११.९२  गुणा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x