सबै परिकारका खाना सडकमा

ज्ञानमाण्डू।स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाली खानाको परिकारको स्वादको अनुभूति गराउन ‘विराट सडक महोत्सव’ सुरु भएको छ । 

मन्जिना मुभिज क्रिएशनद्वारा आयोजित बुधवारदेखि शुरुभएको महोत्सव ट्राफिक चोकदेखि महेन्द्र चोकसम्म यही माघ ४ गतेसम्म सञ्चालन हुने छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महोत्सवको उद्घाटन गर्दै भ्रमण वर्षलाई सफल बनाउनुको साथै स्थानीय स्तरमा उत्पादन भएको बस्तुको प्रवर्द्धनमा महोत्सवले सहयोग पुर्‍याउने बताए । 

महोत्सवमा नेवारी, थारु, मारवाडी, थकाली राजवंशीलगायतका समुदायका विभिन्न परिकारहरूको तीन दर्जन प्रदर्शनी कक्ष रहेको क्रिएशनका प्रबन्ध निर्देशक जतिन ताम्राकारले जानकारी दिए । दिउँसो ३ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुने सडक महोत्सस्थलमा प्रदेश नं १ का रमणीय पर्यटकीय गन्तव्यहरूको तस्बिरसमेत राखिएको छ । 

महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारबाट सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने भएको छ । महोत्सवको एक लाख दर्शकले प्रत्यक्ष रूपमा अवलोकन गर्नुका साथै रु एक करोडको कारोबार हुने लक्ष्य राखिएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x