रोकिएन विद्युत् चुहावट


ज्ञानमाण्डू।विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् चुहावटमा नियन्त्रण गर्न विशेष कार्य योजना लागू गरेको छ । पछिल्लो समय जिल्लामा विद्युत् चुहावट बढ्दै गएपछि न्यूनीकरणको प्रयास थालेको वितरण केन्दले जनाएको छ । विद्युत् चुहावट हुने सम्भावित क्षेत्रको पहिचान गर्दै जनचेतनाका कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ । 

गत आर्थिक वर्षको तुलनामा आव ०७५/०७६ मा ७.५३ प्रतिशत विद्युत् चुहावटमा कमी ल्याउनसमेत केन्द्र सफल भएको छ । केन्द्रका सहायक प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर कुँवरले विद्युत् चुहावटमा कम कार्य योजना लागू गरेको जानकारी दिए । उनले भने , “हुकिङ गरी विद्युत् चोर्ने, रुखमा छोइनेजस्ता कार्यले गर्दा विद्युत् चुहावट हुने गरेको छ ।” हुकिङ गरी विद्युत् चोरी गर्नेलाई निरुत्साहित गर्दै विद्युत् चुहावट हुने रुख, बिरुवा कटानी गर्ने कार्यलाई समेत प्राथमिकतामा राखेर हटाउन लागिएको छ । 

तनहुँमा कूल ३६ हजार २२३ ग्राहक सङ्ख्या रहेका छन् । कार्यालयले ३३ केभी लाइनबाट ३३.४९,११ केभी लाइनबाट ४६८.१ र एलटी लाइनबाट १२६१.६ विद्युत् परिमाण उत्पादन हुँदै आएको कार्यालयका इञ्जिनीयर रामबाबु चौधरीले जानकारी दिए । नेपाल विद्युत् प्राधिकरणको ३१५ र निजी ८२ थान ट्रान्सफर्मर जडान गरिएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x