ज्ञानमाण्डू। ग्लोबल आइएमई बैंक लिमिटेडले कर्णाली प्रदेशको डोल्पा जिल्ला ठुली भेरी नगरपालिका–३, दुनै बजारमा २८९औ नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
डोल्पाको दुनैमा नयाँ शाखा स्थापनासँगै ग्लोबल आइएमई बैंक नेपालको ७७ जिल्लामा शाखा कार्यालय स्थापना गर्ने निजी क्षेत्रको पहिलो बैंक बनेको छ ।
बैंकले ७७ जिल्लामा २८९ शाखा, २६२ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८७५ भन्दा बढी सेवा केन्द्रबाट २८ लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।
त्यसै गरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिटेन्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
