दाङका १३ स्थानमा पार्क निर्माण हुँदै

ज्ञानमाण्डू।चालु आव २०७६/७७ मा दाङमा १३ स्थानमा पार्क निर्माण हुन लागेका छन् । पर्यटन क्षेत्रको विकास गर्न पार्क निर्माण गर्न लागिएको डिभिजन वन कार्यालयले जनाएको छ । 

सहायक वन अधिकृत संयोग बस्नेतका अनुसार घोराही उपमहानगरपालिकामा छ, तुलसीपुर उपमहानगरपालिकामा चार, दङ्गीशरण, बङ्गलाचुली र बबईमा एक-एक पार्क निर्माण गर्न थालिएको हो । उनका अनुसार घोराहीमा मल्टिप्रपोच बोटानिकल गार्डेन, बाह्रकुने दहमा बहुउद्देश्यीय पार्क निमार्ण, शहीद स्मारक पार्क, धारापानी धार्मिक क्षेत्रमा पार्कसहित भौतिक पूर्वाधार निर्माण, घोदौरामा सांस्कृतिक डबली र लखन थापा पार्क रहने छन् । 

त्यस्तै तुलसीपुरमा बोटानिकल गार्डेन, चमेरे गुफा तथा सुकेदह संरक्षण एवं सोन्दर्यकरण पार्क, छिल्लीकोटमा पर्यटकीय क्षेत्र संरक्षण र नवदुर्गा सामुदायिक वनमा आधुनिक ग्रिन पार्क रहने छन् । त्यस्तै बङ्गलाचुलीमा पार्क निर्माण, दङ्गीशरणमा कल्चरल पार्क तथा सालिक निर्माण, पुरन्धारा झरना गुरुयोजना निमार्ण तथा पानी मुहान संरक्षण रहने बस्नेतले बताए । तीमध्ये केही पार्क निर्माणको काम चलिरहेको र केही पार्क निर्माणका लागि सम्झौताको प्रक्रियामै रहेका उनको भनाइ छ । 

जिल्लामा पार्क निर्माणका लागि रु ११ करोड बजेट छुट्ट्याइएको छ । पार्क निर्माण भएपछि यस क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन प्रदान हुने बस्नेतले बताए । सफा, सुन्दर तथा हरियाली ठाउँमा पार्क निर्माण भइरहेकाले दाङ आउने पर्यटकलाई आकर्षित गर्ने उनको भनाइ छ । 

गत आव २०७५/७६ मा जिल्लाका विभिन्न ठाउँको पहिचानको गरी २३ पार्क निर्माण गरिएका थिए । यस्तै छिल्लीकोटमा रहेको कालिका–मालिका मन्दिर जानका लागि मन्दिर नजिक सिँढी निर्माण, बाह्रकुनेदहदेखि ज्यामिरेदहसम्म पुग्नका लागि सिँढीको स्तरोन्नति गरिएको थियो । धारापानीमा ताल निर्माण, २६ ठाउँमा थारूको भुर्यारथानमा स्तरोन्नति, थर्कोट डाँडामा बाटो निर्माण गरिएको कार्यालयले जनाएको छ । जिल्लाका धार्मिक वनअन्तर्गत सामुदायिक वनमा पर्यटन प्रवर्द्धनको काम पनि भएको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x