चैत ३ गते विशेष साधारण सभा गर्दै बैंक अफ काठमाण्डौ

ज्ञानमाण्डू।बैंक अफ काठमाण्डौ लिमिटेडले चैत ३ गते मंगलबारका दिन विशेष साधारण सभा गर्ने भएको छ । बैंकको सो सभा बिहान १० बजे पश्चात् नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा आरम्भ हुने बैंकले जानकारी दिएको छ। बैंकको फागुन १६ गतेका दिन बसेको सञ्चालक समितिको १७९ औँ बैठकले गरेको निर्णय अनुसार उक्त सभाको मिति तय भएको हो ।

अनलाईन (भर्चुअल) मीटिङमा उपस्तिथीको लागी जुम मीटिङ आईडी तथा पासवर्ड बैंकले आफ्ना शेयरधनी तथा लगानीकर्ताहरुका लागि उपल्ब्धा गराउने बैंकले उल्लेख गरेको छ ।

सभामा सभाले सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकका निर्वाचन गर्ने विशेष प्रस्ताव रहेको छ । यसैगरी विशेष प्रस्तावहरुमा संशोधन गर्न नियामक नपाल राष्ट्र बैंकबाट निर्देशन भएमा आवश्यक सम्पूर्ण काम गर्ने अख्तियारी सञ्चालकलाई दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

विशेष साधारणसभा प्रयोजनका लागि बैंकले यही फागुन २३ गतेदेखि चैत ३ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ। यस अर्थ फागुन २२ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा  सहभागिता जनाउन योग्य हुनेछन्।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x