एन.आर.एन.ए.को सामाजिक उद्यमशीलता विकास समितिको संयोजकमा लोक राज शर्मा चयन

ज्ञानमाण्डू।गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को प्रत्यक्ष बैठकबाट सामाजिक उद्यमी श्री लोक राज शर्मालाई अन्तर्राष्ट्रिय समन्वय परिषद्को मानार्थ समितिको सदस्य तथा सामाजिक उद्यमशीलता विकास समितिको संयोजकमा चयन गरिएको छ । नेपालीका लागि नेपालीको नारा बोकेको एन. आर.एन.ए.मा यस समितिले देशको सामाजिक आर्थिक विकासमा टेवा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

सामान्यतया एन.जी.ओ. मोडेलका संघ संस्थाहरूको मुख्य उद्देश्य समाज सेवा हुन्छ तर स्रोतसाधनमा पर मुखी हुन्छन् । जसको कारण परालम्बी सोचको विकास हुनुका साथै दीर्घकालीन परिवर्तनमा बाधा पुग्छ । त्यस्तै व्यापारिक उद्देश्यका संस्थाहरूको मुख्य उद्देश्य नाफा कमाउनु हुन्छ । जसको कारण वातावरणीय सन्तुलन तथा सामाजिक विकास गौड भई निश्चित व्यक्तिहरूको मात्र स्वार्थ पुर्ती हुन सक्छ । माथि उल्लेखित दुवै मोडेलको रचनात्मक प्रयोग नै सामाजिक उद्यमशीलता हो ।

यस सामाजिक उद्यमशीलता मार्फत वातावरणीय सन्तुलन सहीतकको विकास गर्नुका साथै स्रोतसाधनहरूमा आत्मामुखी भई समाजमा दीर्घकालीन सकारात्मक परिवर्तन गर्न सकिन्छ ।

विश्वमा छरिएर रहेका नेपालीहरूको छाता सङ्गठन एन.आर.एन.ए. ले यस्तो रचनात्मक सोचका साथ सामाजिक उद्यमशीलता विकास गर्न एउटा छुटै समितिको निर्माण गर्नु आफैमा अत्यन्त सान्र्धर्विक मानिएको छ र यस्तो सोच नेपाल जस्तो विकास उन्मुख राष्ट्रको लागि अत्यन्त जरुरी पनि देखिन्छ ।

यसै परिवेशमा शर्माको नेतृत्वले कसरी काम गर्छ त्यो हेर्न बाँकी नै छ । तर उनले यस समितिमा आबद्ध हुन इच्छुक सबैलाई आफ्नो CV सहित सम्पर्क गर्न आवहान भने गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x