मेटलाइफ र ग्लोबल सिटिजन बिच तीन वर्षे साझेदारी

ग्लोबल सिटिजन फेस्टिभलमा आज, बीमा तथा कर्मचारी लाभ सेवा प्रदान गर्ने अग्रणी वित्तीय सेवा कम्पनी मेटलाइफले, अत्यधिक गरिबी अन्त्य गर्ने विश्वकै सबैभन्दा ठुलो अभियान ग्लोबल सिटिजन सँग तीन वर्षे नयाँ साझेदारी गर्दै प्रमुख भागीदारको रूपमा सहभागी हुने घोषणा गरेको छ ।

यस साझेदारीमार्फत, आर्थिक सुरक्षा सुनिश्चित गर्ने, स्रोतहरूमा पहुँच दिलाउने र लचिलो समुदाय निर्माण गर्ने आफ्नो दीर्घ इतिहास र क्षमतालाई प्रयोग गरी मेटलाइफले ग्लोबल सिटिजनको अभियानलाई थप सशक्त बनाउन र विश्वभरका समुदायहरूले सामना गरिरहेका चुनौतीहरूलाई सम्बोधन गर्न योगदान गर्नेछ । प्रमुख साझेदारको हैसियतले मेटलाइफले आर्थिक सहयोग, कर्मचारी स्वयंसेवकहरूको सहभागिता, र आफ्नो विश्वव्यापी पहुँचमार्फत शिक्षा तथा आर्थिक सशक्तीकरणमा रूपान्तरणकारी पहलहरू अघि बढाउनेछ ।

यसका अतिरिक्त, मेटलाइफ फाउन्डेशनले फिफा–ग्लोबल सिटिजन एजुकेशन फन्ड को संस्थापक दाताको रूपमा ९ मिलियन अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता गरेको छ । यो फन्डले विश्वभरका बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा र खेलकुदमा पहुँच उपलब्ध गराउन १०० मिलियन अमेरिकी डलर सङ्कलन गर्ने लक्ष्य राखेको छ । स्थापना भएको करिब ५० वर्षदेखि नै शिक्षा–सम्बन्धी सहयोग मेटलाइफ फाउन्डेशनका आधारशिलाहरू मध्ये एक रहँदै आएको छ । हाल वित्तीय स्टेम सिकाइ, मेन्टरिंग, र सीप–प्रशिक्षण जस्ता क्षेत्रमा सहयोग गरेर फाउन्डेशनले विश्वभरका विद्यार्थीहरूलाई उज्ज्वल भविष्यका लागि तयार पार्दै आएको छ ।


मेटलाइफका अध्यक्ष तथा सिइओ, मिशेल खलाफले भन्नुभयाे: “मेटलाइफमा, हामी मानिस र समुदायका लागि महत्त्वपूर्ण क्षणहरूमा सधैँ उपस्थित रहन विश्वास गर्छौँ, जसलाई सबैका लागि आत्मविश्वासी भविष्य निर्माण गर्ने हाम्रो स्पष्ट उद्देश्यले मार्गदर्शन गरेको छ । ग्लोबल सिटिजनसँगको हाम्रो साझेदारीले वित्तीय स्वास्थ्य प्रवर्द्धन, शैक्षिक अवसरहरूलाई अगाडि बढाउने र सबल र आत्मविश्वासी समुदायहरू निर्माण गरेर सकारात्मक परिवर्तन ल्याउनेछ । मेटलाइफ फाउन्डेशनसँग मिलेर हामी ग्लोबल सिटिजनसँग सहकार्य गर्न उत्साहित छौँ, र यो साझेदारीले १९७६ यता १ अर्ब अमेरिकी डलरभन्दा बढी सहयोग गर्दै आएको मेटलाइफ फाउन्डेशनको परोपकारी परम्परालाई अझै सबल बनाउनेछ ।”

मेटलाइफले विश्वभरका ग्लोबल सिटिजन अभियानहरूलाई पनि सशक्त बनाउनेछ, जसमा आज न्यूयोर्कको सेन्ट्रल पार्कमा सम्पन्न भएको ऐतिहासिक ग्लोबल सिटिजन फेस्टिभल पनि पर्छ, जहाँ कलाकार, अभियन्ता, र विश्व नेताहरूलाई एकसाथ ल्याएर संसारका सबैभन्दा ज्वलन्त समस्याहरूमा कार्य गर्ने उद्देश्य राखिएको छ । साथै, ग्लोबल सिटिजन नाउ एक्सन समिटहरूमा पनि मेटलाइफको योगदान रहनेछ ।

ग्लोबल सिटिजनका सह–संस्थापक तथा सिइओ ह्यू एभान्सले भन्नुभयाे: “हाम्रो संसारले सामना गरिरहेका जटिल समस्याहरू समाधान गर्न साझेदारीको शक्तिमा हामी दृढ विश्वास गर्छौँ । मेटलाइफ, मेटलाइफ फाउन्डेशन र ग्लोबल सिटिजनबीचको यो नयाँ साझेदारीले हाम्रो प्रभावलाई विस्तार गर्नेछ र सबैलाई प्रगतिशील र समृद्ध जीवन बिताउने अवसर दिलाउने हाम्रो साझा दृष्टिकोणलाई तीव्र बनाउन महत्त्वपूर्ण उत्प्रेरकको रूपमा काम गर्नेछ ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x