अविरल वर्षाका कारण आइतबार र सोमबार सार्वजनिक बिदा, आपत्कालीन सेवा मात्र सञ्चालनमा रहने

ज्येष्ठ ११ गते सार्वजनिक बिदा | Gyanmandu | Achieving Excellence Together
देशभर लगातार परिरहेको अविरल वर्षाले जनजीवन पूर्ण रूपमा प्रभावित बनेपछि सरकारले आगामी आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालले शनिवार जानकारी दिँदै वर्षाबाट उत्पन्न समस्या र जोखिमलाई ध्यानमा राख्दै दुई दिनका लागि सरकारी कार्यालय बन्द रहने घोषणा गर्नुभएको हो । उहाँका अनुसार, पहिले तय भएअनुसार भोलिदेखि सरकारी कार्यालय सञ्चालन हुने योजना भए पनि अवरुद्ध सडक र जोखिमपूर्ण अवस्थाका कारण सामान्य सेवा सञ्चालन असम्भव देखिएको हो।

सरकारले आपत्कालीन सेवा बाहेकका अन्य कार्यालय बन्द रहने जनाएको छ। यस अवधिमा सडक मर्मत, राहत वितरण, उद्धार कार्य र प्रभावित क्षेत्रका नागरिकलाई आवश्यक सहयोग पुर्‍याउने काममा प्राथमिकता दिइने गृह मन्त्रालयले जनाएको छ।

लगातारको वर्षाका कारण तराईदेखि पहाडी जिल्लासम्म बाढी, पहिरो र यातायात अवरुद्धजस्ता समस्याले जनजीवन अस्तव्यस्त बनेको छ। सरकारले सार्वजनिक बिदाको निर्णयले जोखिमग्रस्त क्षेत्रका नागरिकलाई तत्कालिक राहत पुर्‍याउने अपेक्षा राखेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x