नेपाल राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीमा रहेको बढी तरलता व्यवस्थापन गर्न फेरि ठुलो मात्रामा निक्षेप सङ्कलन गर्न लागेको छ। राष्ट्र बैङ्कले मङ्गलवार ९० अर्ब रुपैयाँ बराबरको तरलता तान्ने तयारी गरेको हो।
केन्द्रीय बैङ्कका अनुसार, निक्षेप सङ्कलन उपकरणमार्फत दिउँसो ३ बजे अनलाइन बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ। यसमा सहभागी बैङ्क तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि ५ करोडको गुणकमा बोलकबोल गर्न सक्नेछन्।
निक्षेप सङ्कलन ब्याजदरको प्रतिस्पर्धात्मक बोलकबोल प्रणालीमा हुनेछ। सहभागीहरूले बहु ब्याजदरमा पनि बोलकबोल पेस गर्न पाउने राष्ट्र बैङ्कले जनाएको छ।
यस योजनाअन्तर्गत ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। १२ दिनका लागि सङ्कलित निक्षेपको साँवा तथा ब्याज कात्तिक २ गते भुक्तानी गरिने राष्ट्र बैङ्कले जनाएको छ।
राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीबाट ९० अर्ब तरलता तान्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
