एन आई सी एशिया बैंकद्वारा मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) लाई Omnichannel App मा स्तरोन्नति



ज्ञानमाण्डू। डिजिटल बैंकिङ्गमा अग्रणी स्थानमा रही नवीनतम प्रविधिद्वारा बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको यस एन आई सी एशिया बैंकले Omnichannel App प्रणालीमा आधारित मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) को शुभारम्भ गरेको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले यस बैंकले यस Omnichannel App मार्फत जुनसुकै स्थानबाट, जुनसुकै समयमा स्मार्ट फोनबाटै अधिकतम बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले बैंकमा खाता भएका एवं नभएका ग्राहकहरूलाई लक्षित गर्दै यो नयाँ सेवाको शुभारम्भ गरेको
बैंकले जनाएकाे छ । हालका NIC ASIA MoBank प्रयोगकर्ताहरूले वर्तमान NIC ASIA MoBank एपलाई अपडेट गरी Omnichannel App मा स्तरोन्नति गर्न सकिनेछ भने नयाँ ग्राहकहरूले Play Store वा App Store बाट डाउनलोड गरी प्रयोग गर्न सकिने बैंकले जनाएकाे छ

‘सबथोक यसमै छ’ भन्ने नाराका साथ सुरु गरिएको Omnichannel App बाट ग्राहकहरूले अधिकतम बैंकिङ्ग सेवाहरू सहज एवं सरल रुपमा उपभोग गर्न सकिनेछ र निकट भविष्यमा अझ बढी सेवाहरू यसै एपमार्फत दिन तयारी बैंकले गरिरहेको छ । स्तरोन्नति पश्चात् यस एपबाट ग्राहकहरूले नगद जम्मा तथा चेक जम्मा गर्न आवेदन दिने देखि नयाँ डेबिट कार्ड तथा प्रिपेड डलर कार्ड अनुरोध, मुद्दती खाता खोल्न, चेक अनुरोध, ई–कमर्श सुचारु, स्कीम ट्रान्सफर, लकर सुविधा लिन लगातका धेरै भन्दा धेरै बैंकिङ्ग सेवाहरू Omnichannel App मार्फत डिजिटल प्राप्त गर्न सकिने
बैंकले जनाएकाे छ । साथै, यस बैंकमा खाता नरहेको ग्राहकले पनि यस एप डाउनलोड गरी डिजिटल वालेटको रुपमा प्रयोग गर्न सकिने बैंकले जनाएकाे छ । जसबाट समेत QR भुक्तानी, युटिलिटी बील भुक्तानी लगायत अनेकौं सेवा लिन सकिनेछ भने ग्राहकको उक्त वालेटमा केवाईसी अद्यावधिक गरेपश्चात् भने सो वालेट प्रयोगकर्तालाई बैंकको खातावाला बन्न समेत सकिने व्यवस्था रहेको बैंकले जनाएकाे छ


बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको
बैंकले जनाएकाे छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x