श्रीनगर एग्रीटेकको आइपिओ असोज २६ देखि सर्वसाधारणका लागि खुला

श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि असोज २६ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ। यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्ष्य गरी निष्कासन गरेको शेयर बाँडफाँट गरिसकेको छ।

कम्पनीले जारी पुँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँमध्ये २० प्रतिशत अर्थात् ३२ लाख ६२ हजार ५०० कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको छ। पहिलो चरणमा स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि शेयर वितरण गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारणका लागि २५ लाख १० हजार ४९३ कित्ता शेयर खुला गर्न लागिएको हो।

प्रति शेयर १०० रुपैयाँ अङ्कित मूल्यमा जारी हुने यो आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन असोज २९ गतेसम्म खुला रहनेछ भने आवश्यकताअनुसार कात्तिक ९ गतेसम्म लम्बिन सक्नेछ।

इक्रा नेपालले कम्पनीलाई उच्च जोखिम सङ्केत गर्ने रेटिङ प्रदान गरेको छ। शेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैङ्किङ लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि-आस्बा सदस्य बैङ्क तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x